३ पुष २०८२, बिहीबार
,
Latest
रास्वपा सभापति रवि लामिछाने भोलि मात्र छुट्ने नेता तथा अगुवा सकारात्मक कार्यका लागि समाजप्रति समर्पित भएर लाग्नुपर्छः मन्त्री खरेल राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ: मुख्यमन्त्री पाण्डे वैदेशिक रोजगारमा संलग्न ठगी नियन्त्रण गर्न संयन्त्र तयारी गर्दै निर्वाचन नै अन्तिम विकल्प अर्थमन्त्री खनाल एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो पार्टीलाई सामूहिक नेतृत्व र पद्धतिअनुसार सञ्चालन गर्न नेता पोखरेलको आग्रह निवार्चनसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस, जाँचबुझ आयोगको म्याद एक महिना थप नेकपा एमालेका नवनिर्वाचित पदाधिकारीहरूद्वारा शपथ ग्रहण रवि विदेश जानुपरे अदालतलाई पूर्व जानकारी गराउनुपर्ने, यस्तो छ अदालतको आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्याट कमिन्सअघि यी ६ बलरले टी–२० विश्वकपमा ह्याट्रिक लिएका थिए



अ+ अ-

एजेन्सी । टी–२० विश्वकप २०२४ को सुपर ८ मा अष्ट्रेलियाले बंगलादेशलाई डकवर्थ लुइस नियम अनुसार २८ रनले पराजित गरेको छ । प्याट कमिन्स यस विश्वकपमा पहिलो पटक मैदानमा आएर आएसँगै ह्याट्रिक लिएर इतिहास रचे ।

कमिन्सले दुई फरक ओभरमा यी ३ विकेट लिए, तर टी–२० विश्वकपमा ह्याट्रिक लिने उनी पहिलो बलर भने होइनन् । यसै सन्दर्भमा टी–२० विश्वकपमा ह्याट्रिक लिने बलरहरुबारे जानकारी लिऔं ।

ब्रेट ली – ब्रेट ली टी–२० विश्वकपको इतिहासमा ह्याट्रिक गर्ने पहिलो बलर थिए । सन् २००७ को विश्वकपमा बंगलादेशविरुद्धको खेलमा उनले लगातार ३ ब्याट्सम्यानलाई आउट गरेका थिए । उनले सकिब अल हसन, मशरफे मोर्तजा र आलोक कपालीको विकेट लिए । यो खेल अस्ट्रेलियाले ९ विकेटले जितेको थियो ।

कर्टिस क्याम्पर – आयरल्यान्डका कर्टिस क्याम्परले २०२१ को विश्वकपमा नेदरल्यान्ड्सविरुद्धको खेलमा लगातार तीन होइन चार विकेट लिएका थिए । उनले कोलिन एकरम्यान, रायन टेन ड्युच, स्कट एडवर्ड्स र अन्तमा रोइलोफ भ्यान डर मर्वेलाई आउट गरे । हालसम्म उनी टी–२० विश्वकप इतिहासमा लगातार ४ विकेट लिने एकमात्र बलर हुन् । यो खेल आयरल्यान्डले ७ विकेटले जितेको थियो ।

वानिन्दु हसरंगा – दक्षिण अफ्रिकाका एडेन मार्कराम, टेम्बा बाभुमा र ड्वेन प्रिटोरियसलाई लगातार तीन बलमा प्याभिलियन पठाएर २०२१ को विश्वकपमा ह्याट्रिक गर्ने वानिन्दु हसरङ्गा दोस्रो बलर बने । हसरंगाको ह्याट्रिकको बावजुद श्रीलंकाले खेल ४ विकेटले गुमाएको थियो ।

कागिसो रबाडा – कागिसो रबाडाले २०२१ को विश्वकपमा तेस्रो ह्याट्रिक गरे । उनले इंग्ल्याण्डविरुद्ध यो उपलब्धि हासिल गरेका हुन् । रबाडाको घातक बलिङका अगाडि क्रिस वोक्स, इयोन मोर्गन र क्रिस जोर्डनले लगातार तीन बलमा आफ्नो विकेट गुमाए । रबाडाको टोली दक्षिण अफ्रिकाले यो खेल १० रनले जितेको थियो ।

कार्तिक मयप्पन – युएईका लेग स्पिनर कार्तिक मयप्पनले २०२२ को विश्वकपमा श्रीलंका विरुद्धको खेलमा ह्याट्रिक लिए । उनले भानुका राजापाक्षे, चरित असालान्का र दासुन शनाकालाई आउट गर्दै ह्याट्रिक पूरा गरे । यस ह्याट्रिकका बाबजुद उनले श्रीलंकालाई ७९ रनले जित्नबाट रोक्न सकेनन् ।

जोशुआ लिटिल – २०२४ भन्दा पहिले, आयरल्याण्ड एक मात्र टोली थियो जसका दुई खेलाडीले टी–२० विश्वकपमा ह्याट्रिक लिएका थिए । २०२१ मा, जोशुआ लिटलले अर्को वर्ष कर्टिस क्याम्पर अघि आयरल्याण्डका लागि यो उपलब्धि गरे । सन् २०२२ मा उनले न्यूजिल्याण्डका केन विलियम्सन, जेम्स निशम र मिचेल सान्टनरलाई आउट गरेर ह्याट्रिक पूरा गरे । तर, आयरल्यान्डले खेल ३५ रनले हार्यो ।

प्याट कमिन्स – प्याट कमिन्स टी–२० विश्वकप इतिहासमा अस्ट्रेलियाका लागि ह्याट्रिक गर्ने दोस्रो बलर हुन् । बंगलादेशविरुद्धको खेलमा उनले महमुदुल्लाह, मेहदी हसन र तोहिड हृदोइलाई आउट गर्दै ह्याट्रिक पूरा गरेका थिए । अष्ट्रेलियाले डकवर्थ लुइस नियमको प्रयोग गरेर यो खेल २८ रनले जितेको थियो ।