२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पृथ्वीराजमार्गको थर्पु–खैरेनीटार खण्ड एकतर्फी सञ्चालनमा



फाईल फोटो
अ+ अ-

दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको थर्पु–खैरेनीटार खण्ड एकतर्फी सञ्चालनमा आएको छ । शुक्लागण्डकी नगरपालिका–७ शेरामा बिहीबार सडक भासिएर अवरुद्ध भएको उक्त खण्ड एकतर्फी सञ्चालन भइरहेको छ ।

वर्षाका कारण सडक भासिँदा बिहीबार दिउँसो चार घण्टा सडक अवरुद्ध भएको थियो । आज पनि सोही ठाउँमा एउटा बोलेरो जीप फस्दा सडक अवरुद्ध रहेकामा जीप निकालेपछि एकतर्फी सञ्चालन भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिनुभयो ।

निर्माणाधीन मुग्लिन पोखरा सडक योजनाको पश्चिम खण्डअन्तर्गत शेरामा पक्की पुल निर्माण भइरहेको छ । सोही पुलको नजिकै डाइभर्सन सडक बनाइएकामा वर्षाले सडक भासिएको थियो । पश्चिम खण्डअन्तर्गत म्याग्दे, शुक्लागण्डकीलगायतका केही ठाउँमा वर्षा हुँदा सवारी सञ्चालनमा समस्या हुँदै आएको छ । रासस




भर्खरै