९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल

नेपालको सांस्कृतिक, धार्मिक, प्राकृतिक तथा पर्यटकीय गन्तव्यहरुको विश्वमाझ अझै उजागर गर्नु पर्ने – सञ्चार मन्त्री गुरुङ

नेपालको सांस्कृतिक, धार्मिक, प्राकृतिक तथा पर्यटकीय गन्तव्यहरुको विश्वमाझ अझै उजागर गर्नु पर्ने – सञ्चार मन्त्री  गुरुङ
अ अ+ अ-

काठमाडौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपालको सांस्कृतिक, धार्मिक, प्राकृतिक तथा पर्यटकीय गन्तव्यहरुको विश्वमाझ अझै उजागर हुनेगरी ‘प्रवद्र्धनात्मक कार्यक्रम’ ल्याउन सम्बन्धित सबै पक्षलाई आह्वान गर्नु भएको छ । 
सरकारका प्रवक्ता समेत रहनु भएका मन्त्री गुरुङले यस कार्यक्रमलाई प्रभावकारी हुने गरी अघि बढाउन सार्वजनिक सूचना जारी गरी सहयोग जुटाउन हुलाक सेवा विभाग र सम्बन्धित निकायलाई सचेत पनि गराउनु भयो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बिहीबार आयोजित हुलाक टिकट प्रकाशन समारोहमा बोल्दै उहाँले भन्नुभयो, ‘नेपालको प्राकृतिक, धार्मिक तथा सांस्कृतिक सम्पदा र पर्यटकीय गन्तव्यहरुको देश, विदेशमा पहिचान गराउन हुलाक टिकट प्रकाशन गरेर जुन भूमिका खेल्दै आइएको छ, त्यस्ता परम्परा र अभ्यासहरुलाई निरन्तरता दिँदै नेपालको भाषा, जाति, धर्म, संस्कृति, पर्यटकीय गन्तव्यहरुको विश्वमाझ थप परिचय गराउने काममा हुलाक सेवा विभागले प्रर्वद्धनात्मक कार्यक्रम ल्याउन सबै पक्षको सहयोग जुटाउन पहल गर्नु पर्दछ ।’ 
मन्त्री गुरुङले नेपालको भाषा, संस्कृति, परम्परा, पर्यटकीय गन्तव्य, धर्म र संस्कृतिको विश्वमा नै पहिचान हुने गरी हुलाक टिकट टाँचा लगाउने अभ्यास र परम्परा रही आएको स्मरण गराउँदै ती परम्पराको निरन्तरतामा अझै जोड दिनुपर्ने आवश्यक्ता औंल्याउनु भयो । कार्यक्रममा मन्त्री गुरुङले लुम्बिनी क्षेत्रको आध्यामिक तथा पर्यटकीय प्रवद्र्धन गर्ने उद्देश्यले लुम्बिनी शान्ति दौडको माध्यामबाट भएको योगदानको उच्च कदर गर्दै हुुलाक सेवा विभागले प्रकाशन गरेको २० रुपैयाँ दरका ‘लुम्बिनी शान्ति दौड’ अंकित हुलाक टिकट र राष्ट्रिय जनगणनाको उच्च सम्मान गर्दै प्रकाशन गरिएको ‘राष्ट्रिय जनगणना २०७८’ को लागो अंकित १० रुपैयाँ दरको हुलाक टिकटमा टाँचा लगाउनु भएको थियो । 
समारोहमा मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले नेपाल ‘राष्ट्र बैंकद्धारा निष्कासित रुपैयाँ १ को प्रथम कागजी नोटको तस्वीर’ अंकित हुलाक टिकट र ‘एभरेष्ट स्काई ड्राईभ’ अंकित हुुलाक टिकटमा टाँचा लगाउनु भएको थियो । एभरेष्ट स्काई ड्राईभ संसारकै सबैभन्दा उच्च स्थानमा अवतरण गर्ने साहसीक खेलबारे अन्तराष्ट्रिय रुपमा पहिचान गराउने गरी त्यसको पनि हुलाक टिकट प्रकाशन गरिएको हुलाक सेवा विभागमा महानिर्देशक आभा श्रेष्ठ कर्णले जानकारी दिनु भयो । 
यस अघि बिहीबार नै काठमाडौंमा एक कार्यक्रमका बीच विभागका महानिर्देशक कर्णले स्थानीय धार्मिक, सांस्कृतिक तथा पर्यटकीय स्थलहरुको प्रवद्र्धन हुने गरी प्रकाशन गरिएको ११ वटा हुुलाक टिकटहरुको टाँचा लगाउनु भएको थियो ।