३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

सवारी साधन आयातमा कमी– राजस्व प्रभावित

सवारी साधन आयातमा कमी– राजस्व प्रभावित
अ+ अ-

वीरगञ्ज ।  विद्यमान कोरोना सङ्क्रमण र लामो समय नेपाल भारत सीमानाका बन्द हुँदा भारतलगायत तेस्रो मुलुकबाट आयात हुने सवारी साधनमा कमी आएका कारण चालु आर्थिक वर्षको मङ्सिर महिनासम्म भन्सार राजस्व प्रभावित भएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार भारत तथा तेस्रो मुलुकबाट आयात भई नेपाल भित्रिने सवारी साधन सोचेजस्तो आउन नसकेको कारण चालु आवको मङ्सिर महिनासम्मा सोचेजस्तो राजस्व उठन नसकेको भन्सार अधिकृत शैलेन्द्र अधिकारीले बताउनुभयो ।

चालु आवको मङ्सिर महिनासम्ममा वीरगञ्ज नाका भएर रु तीन अर्ब २९ करोड मूल्य बराबरको ३७ हजार ६७१ थान मोटरसाइकल र रु दुई अर्ब ८२ करोड मूल्य बराबरको दुई हजार ५७४ थान जीप, कार र भ्यान आयात भएको छ । जबकी गत आवको यसै अवधिमा रु चार अर्ब १२ करोड मूल्य बराबरको चार हजार २५१ थान विभिन्न प्रकारका सवारी साधन आयात भएका थिए । 
 
समग्रमा हेर्दा चालु आवको मङ्सिर महिनासम्ममा रु ७२ करोड ६२ लाख मूल्य बराबरको ५०६ थान डबल क्याब पिकअप गाडी, रु ३५ करोड ७८ लाख मूल्य बराबरको सिङ्गल क्याब पिकअप गाडी, रु एक अर्ब १२ करोड मूल्य बराबरको ४८० थान ट्रक, मिनि ट्रक र रु ५३ करोड ९९ लाख मूल्य बराबरको २९७ थान बस, ट्रक, कार, चेसिस आयात भएको छ । जबकी अघिल्लो आवको मङ्सिर महिनासम्मको तथ्याङ्क हेर्दा सो अवधिमा रु चार अर्ब १२ करोड मूल्य बराबरको चार हजार २५१ थान सवारी साधन नेपाल भित्रिएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

अघिल्लो वर्षको सोही पाँच महिनाको अवधिमा रु तीन अर्ब ६९ करोड मूल्य बराबरको ४३ हजार ५७२ थान मोटरसाइकल, रु ३५ करोड ७८ लाख मूल्य बराबरको ५६२ थान सिङ्गल क्याव पिकअप गाडी, रु ५३ करोड ३४ लाख मुल्य बराबरको ७६५ थान अन्य सवारी सधान, रु दुई अर्ब २९ करोड मूल्य बराबरको ८६७ थान ट्रक, मिनी ट्रक, रु एक अर्ब १३ करोड मूल्य बराबरको ६७८ थान बस, ट्रकका चेसिस भित्रिएको थियो ।

यो नाका भएर भारतबाट ८० प्रतिशत तथा तेस्रो मुलुकबाट २० प्रतिशत गाडी भित्रिने गरेको छ तर कोरोना सङ्क्रमणको कारण सिमानाका लामो समयदेखि बन्द रहेकाले गत वर्षजस्तो सवारी साधन आयात हुन नसक्दा चालु आवको मङ्सिरसम्मको राजश्व लक्ष्य भेट्टाउन नसकिएको भन्सार अधिकृत अधिकारीले बताउनुभयो । अहिले पनि आयातकर्ताले भारत तथा तेस्रो मुलुकबाट आयात गरेको सवारी साधन लग्न नसक्दा करिब ३०० सवारी साधन भन्सार वार्डमा थन्किएको छ ।

भन्सार विभागले चालु आवमा वीरगञ्ज भन्सार कार्यालयलाई रु एक खर्ब ७१ अर्ब राजस्व उठाउने लक्ष्य दिएको छ । आव ०७७/०७८ को मङ्सिर महिनासम्म रु ६५ अर्ब २५ करोड ५५ लाख राजस्व उठाउने लक्ष्य दिएकोमा वीरगञ्ज भन्सारले तोकिएको अवधिमा ११ प्रतिशत कमअर्थात् रु ५८ अर्ब १५ करोड ८९ लाख मात्र राजश्व उठाउन सकेको छ ।