१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पालुङबाट सिम्पानीसम्म ‘रुपचन्द्र विष्ट मार्ग’को प्रस्ताव राख्दै बर्तौला



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले सरकार सँग थाहा नगरपालिकाको पालुङदेखि कैलाश, राक्सिराङ हुँदै मनहरी सिम्पानी सम्म ‘रुपचन्द्र विष्ट मार्ग’ बनाउनुपर्ने पस्ताव गर्नु भएको छ ।

मंगलबार प्रतिनिधि सभामा विनियोजन विधेक अन्तर्गत भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयको विकास कार्यक्रमहरु माथिको छलफलमा बोल्दै उहाँले यो मार्ग बनाउनुपर्ने बताउनुभएको हो ।

उहाँले भन्नुभयो “मकवानपुर जिल्लाको दुई ठुला राजमार्ग त्रिभुवन राजपथ र महेन्द्र राजमार्गको बीचमा रहेका ४ वटा स्थानीय तहहरु थाहा, कैलाश, राक्सिराङ र मनहरी जोड्ने गरी एउटा छुट्टै मार्ग निर्माण गर्न आवश्यक रहेको छ ।”

यस्तै, उहाँले चितवन तथा नारायणी पारिका नागरिकहरुको काठमाडौँसँगको पहुँचका लागि यो मार्ग अत्यन्तै महत्वपुर्ण हुने बताउनुभयो ।

उहाँले भन्नुभयो “मुग्लीङ–नारायणगढ सडकमा अवरोध हुँदाखेरी यसको वैकल्पीक बाटो छैन । त्यसकारण मनहरीको सिम्पानी देखि थाहा र चित्लाङ हुँदै वैकल्पिक मार्ग बनाउन आवश्यक छ ।”

उहाँले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठको ध्यानाकर्षण समेत गराउनु भयो । उहाँका अनुसार रुपचन्द्र विष्ट जनमुखी गरिब किसानहरुको नेता तथा थाहा आन्दोलनको प्रणेता हुनुहुन्छ । उहाँ दामनमा जन्मिएर पञ्चायती शासनको विरुद्धमा जागरण पैदा गर्ने, संगठीत गर्ने नेता भएकोले विष्टको नामबाट यो मार्ग बनाउन उपयुक्त हुने बर्तौलाको भनाई छ ।