• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo
Latest
★   ‘मिर्जापुर’ सिरिजमा देखिएका यी स्टारहरुको मृत्यु, एक जनाको शव बाथरुममा सडेको भेटिएको थियो ★   कार्यदलले प्रधानमन्त्रीलाई बुझायो ‘फौजदारी न्याय प्रशासन सुधार अध्ययन तथा सुझाव प्रतिवेदन २०८१’ सम्बन्धी प्रतिवेदन ★   सोमबारदेखि सरकारी खाता रोक्का, चालु आवको भुक्तानी हुने अन्तिम दिन पनि सोमबार ★   एकै दिन ३४ लाख बाढीसम्बन्धी एसएमएस सम्प्रेषण ★   राष्ट्रपति पौडेलद्वारा जगन्नाथ रथ यात्राको शुभारम्भ ★   कुन देशमा जागिरेले थाप्छन् सबैभन्दा धेरै तलब ? ★   क्यान्टनमेण्ट घोटालाको फाइल खोल्न गृहमन्त्रीलाई प्रमुख सचेतक शाहीको आग्रह ★   काँग्रेस–एमालेबिचको सहमती अपारदर्शी छ, स्थिरता दिँदैन: सांसद सापकोटा ★   प्रधानमन्त्री पुष्पकमल दाहाललाई समर्थन नगर्न रास्वपालाई एमाले सचिव भट्टराईको आग्रह ★   चित्रबहादुर केसीको प्रश्न: काँग्रेस–एमाले सहकार्य भुटानी शरणार्थी र गिरिबन्धु टिस्टेट प्रकरणबाट चोखिनका लागि हो ?

सिरियामा ३७ सैनिक मारिएका आइएसको दाबी



बेरुत । पूर्वी सिरियामा एक बसमा भएको एम्बुस आक्रमणमा परी करिब ४० सैनिक मारिएका छन् । यस आक्रमणको दाबी इस्लामिक स्टेट्स ९आइएस० समूहले लिएको छ । पूर्वी सिरियामा एक स्थानमा जिहादी समूहले एक बसलाई एम्बुस आक्रमण गरेका छन् । पूर्वी सिरियामा देइर जोर प्रान्तमा बिदाका समयमा आ–आफ्ना घरतर्फ गईरहेका सरकारी सेना चढेको बसलाई जिहादी समूहले गरेका एम्बुस आक्रमणमा कम्तीमा ३७ सैनिक मारिएका सिरियाको लागि मानव अधिकारबादी समूह सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सले जनाएको छ । 

मारिएका यी सेनाहरुमा  ८ जना अधिकृत स्तरका रहेका छन् । यस आक्रमणमा परी अन्य १२ जना सैनिक घाइते भएका जनाइएको छ । सिरियमा सन् २०११ को मार्च महिना यहाँका राष्ट्रपति बसर अल असदको राजिनमाको माग गर्दै जनआन्दोलन  शुरु भएको थियो । केही समयपछि सो आन्दोलन गृहयुद्धमा परिणत भयो । सो गृहयुद्धमा अल कायदा,आइएस जस्ता आतङ्ककारी समूह हावी हुदै गए । जारी यस युद्धमा सो समयदेखि हालसम्म ३ लाख ८७ हजार व्यक्तिको मृत्यु भएको अब्जरभेटरीले जनाएको छ ।

यस युद्धमा १ लाख ३० हजार भन्दा बढी सरकार समर्थक लडाकू मारिएका छन् भने १ लाख १७ हजार सर्वसाधारणको मृत्यु भएको छ । यस युद्धको क्रममा लाखौंको संख्यामा सर्वसाधारण आफ्ना देशमा विस्थापित हुनुको साथै  र विदेशमा शरणार्थीको जीवन यापन गरिरहेका छन् ।