७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar मदिराको झोकमा श्रीमतीको हत्या, दुई छोरी घाइते भएपछि संसदमा सरकारको ध्यानाकर्षण News Polar राष्ट्र बैंकद्वारा ६ लघुवित्त वित्तीय संस्थालाई कारवाही News Polar राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता News Polar एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी News Polar संरक्षणलाई संरक्षित क्षेत्रको सीमाभन्दा बाहिर विस्तार गर्नुपर्छ : मन्त्री चौधरी News Polar पठन संस्कृति हराउँदै गएकोमा चिन्ता, पुस्तकालयलाई सिकाइको केन्द्र बनाउन सुझाव News Polar भोटेकोशी बाढीलाई जलवायु परिवर्तनजन्य चरम घटनाका रूपमा महासभामा उठाउने सरकारको तयारी News Polar जलवायु न्यायको मुद्दामा भोटेकोसी ‘टर्निङ पोइन्ट’ बन्नुपर्छ : विश्वप्रकाश शर्मा News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम News Polar भारी वर्षाको चेतावनीपछि पर्यटन बोर्डको अपिल : जोखिमयुक्त गतिविधि स्थगित गर्न आग्रह News Polar हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश News Polar भोटेकोशी बाढीः अधुरो आशा र काजकिरियाको दोधारमा छन् बेपत्ताका परिवार News Polar पानीको स्रोत पुनर्भरण पोखरी News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक

के १५ दिनपछि बागमतीमा फोहोर पानी बग्दैन ?

के १५ दिनपछि बागमतीमा फोहोर पानी बग्दैन ?
अ+ अ-

काठमाडौँ । बागमतीमा दुर्गन्ध फैलने पानी धेरै बग्यो । तर खानेपानी मन्त्रालयले बागमतीमा सफा पानी बगाउने तयारी गरेको छ ।

ढिलोमा दुई साताभित्र पशुपतिनाथ क्षेत्रबाट बागमतीमा सफा पानी बग्न थाल्ने खानेपानी मन्त्री मणी थापाले बताए ।

त्यसका लागि गुह्येश्वरीमा रहेको ‘गुह्येश्वरी फोहोर पानी प्रशोधन केन्द्र’ सञ्चालनमा ल्याउन तयार भएको छ ।

इञ्जिनियर किशोर पन्थीले प्रशोधन केन्द्र निर्माणको सम्पूर्ण काम सकिएको बताए ।

शुक्रबार मन्त्री थापाले गुह्येश्वरीस्थित गुह्येश्वरी फोहोर पानी प्रशोधन केन्द्रको अवलोकन गरेर पूर्ण रुपमा सञ्चालनका लागि तयार हुन निर्देशन दिएका छन् ।

उनले बाँकी कामहरु सकेर तयारी अवस्थामा बस्न निर्देशन दिएका हुन् । ढल प्रशोधन केन्द्र सञ्चालनमा आएपछि दैनिक ३ करोड २४ लाख लिटर पानी प्रशोधन गर्न सकिन्छ ।

त्यस्तो फोहोर पानी प्रशोधन हुँदा दैनिक ७ टनसम्म मल निस्कने इञ्जिनियर किशोर पन्थीले जानकारी दिए । ढल प्रशोधनका क्रममा निस्कने ग्याँसबाट विजुली समेत निस्कनेछ ।

कस्तो हुन्छ पानी ?

प्रशोधन केन्द्र सञ्चालनमा आएपछि बागमतीको पानीमा सजिलै माछा लगायत जलप्राणी बाँच्न सक्नेछन् ।

ढलमा मिसिने ठोस र रसायनीक पदार्थहरु प्रशोधन भएको हुन्छ र त्यसको विषात्तपनलाई निर्मलीकरण गरिएको हुन्छ ।

‘यस्तो पानी बागमतीमा सलल बग्नेछ, खानेपानी सचिव माधव वेलवासेले भने, अहिले नै मान्छेले खानयोग्य हुँदैन तर जलप्राणी बस्न योग्य पानी बागमतीमा चाँडै बगाउन संरचना  तयार भएको छ ।’

पानी कञ्चन सङ्लो भने देखिदैन । ढलमा अत्याधिक रसायनिक पदार्थहरु मिसिएकाले कञ्चन निलो बनाउन भने नसकिएको प्रशोधन केन्द्रका इञ्जिनियर पन्थीले बताए । उनले थोरै  मैलो देखिएपनि पानीमा हुनुपर्ने शुद्धता कायम हुने बताए ।

यो आयोजना सन् २०१६ बाट निर्माण शुरु भएको हो ।

नेपाल सरकारको ३० प्रतिशत र एशियाली विकास बैंकको ७० प्रतिशत लगानीमा सम्पन्न भएको आयोजना ९९ रोपनी क्षेत्रफलमा फैलिएको छ । आयोजनाको कुल लागत २ अर्ब ५५ करोड हो ।

गुहेश्वरी फोहर पानी प्रशोधन केन्द्र एक झलक

गुहेश्वरी फोहर पानी प्रशोधन केन्द्र निर्माण आयोजना कार्यान्वयन निर्देशनालय  काठमाण्डौ उपत्यका खानेपानी लिमिटेड फोहरपानी व्यवस्थापन आयोजना अन्तर्गत सञ्चालित एक मुख्य आयोजना हो। यो  प्रशोधन केन्द्रबाट गुह्येश्वरीको उत्तर भागबाट बग्ने बागमती interceptor ढललाई प्रशोधन गरी पुन बागमती नदीमा मिसाउने योजना रहेको यसअघि अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले निर्माण गरी सञ्चालन गरेको प्रशोधन केन्द्रले  पूर्णरूपमा काम नगरेको यसको क्षमता समेत अभिवृद्धि गर्नुपर्ने कुरालाई मध्यनजर गरी design, build, operate concept ma ठेक्कापट्टा गरी पुरानो 16.2 MLD थप 16.2 MLD निर्माणसमेत सम्पन्न गर्नेगरी यसको निर्माण कार्य 2016 को अवसरमा अगष्ट मा सुरु भएको थियो। यसबाट 3 करोड 20 लाख लिटर प्रतिदिन क्षमतामा पानी प्रशोधन हुने योजना रहेको यसरी हेर्दा करिबकरिब 375 litter प्रतिसेकेन्ड फोहरपानी प्रशोधन  भई  गुह्येश्वरी मन्दिर भन्दामाथि बागमती नदीमा मिसाइने जसले गर्दा बागमतीको बहाव वृद्धिमा सुधार भई वातावरणमा प्रत्यक्ष राहत पाउने देखिन्छ यो प्रशोधन केन्द्र activated sludge process को सिद्धान्तमा प्रशोधन हुने प्रणाली हो यसमा खासगरी तरल पदार्थ मात्र नबगि ठोस पदार्थ समेत बग्दै आउने भएकोले पानीलाई बढी प्रदुशित बनाएको हुन्छ यसबाहेक ढलमा ग्यासको पनि केही मात्र रहेको हुन्छ जसलाई छुट्टाछुट्टै रुपमा प्रशोधन गरी पूर्ण रुप दिनु हो मुख्य अवयवको रुपमा primary sedimentation tank, aeration tank secondary maintain tank हुन्छन् जसले तरल ठोस पदार्थ छुट्याउन मद्दत गर्छन् यसका अलावा ठोसपदार्थलाई मलको रुपमा प्रयोग गर्ने गरी उत्पादन गर्न mechanical thickener, centrifuge लगायतका प्रणाली पनि जडान गरिएको हुन्छ । गुहेश्वरी फोहरपानी प्रशेधन प्रणालीको मुख्य विशेषतामा यसबाट उत्पादन हुने ग्यासबाट बिजुली पनि उत्पादन गर्ने लक्ष रहेको यसमा लाग्ने बिजुली मध्ये उत्पादन हुने बिजुलीको हिस्सा करिब 30 देखि 40 प्रतिशत रहेको यो   treatment plant मा अरु अत्याधुनिक प्रशोधन केन्द्रमा जस्तो Tertiary treatment system को रुप मा disk filter Chlorination tank पनि राखिएको जसले गर्दा secondary सिस्टमबाट प्रशोधन भएको पानीलाई  थप  प्रशोधन गरी BOD TSS को मात्रा 10 mg/lit भन्दा तल झारी थप शुद्धता प्रदान गरिने लक्ष्य रहेको छ।  मुख्य गन्ध आउने संरचनाहरु कभर गर्ने थप सुधारको रुपमा deodorization  unit  जडान गरिएको जसले गर्दा वरिपरि गन्ध आउने गुनासोलाई पूर्णरुपमा समाधान गरेको यो प्रशोधन केन्द्रमा जडान गर्नुपर्ने gas engine generetor सेट जडान गर्ने बाहेक काम सम्पन्न भई  परीक्षणको रूपमा सञ्चालनमा रहेको अवस्था यो लकडाउनको अवस्थामा सुधार भएपछि दुबै engine हरु समेत जडान गरी प्रशोधन केन्द्र लाई पूर्णरुपमा सञ्चालन गर्ने योजना रहेको यो प्रशोधन केन्द्रको निर्माणको जिम्मा VA TECH WA BAG  नामको कम्पनीलाई दिइएको थियो जसले 10 वर्षसम्म सञ्चालन गरी हस्तान्तरण गर्ने योजना रहेको

यसको लागत करि अरब ५५ करोड (१० बर्ष सम्मको संचालन खर्च समेत गरि ) रहेको छ ।