४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या

कामदार मालिक बनेपछि….

कामदार मालिक बनेपछि….
अ+ अ-

चितवन । दुई दशक अघि अर्काको पुस्तक पसलमा सहयोगी भएर काम थाल्नुभएका एक युवक अहिले पुस्तक पसल मात्रै होइन, पब्लिकेशनको मालिक बन्नुभएको छ । उहाँकै क्रियाशीलतामा जिल्लाका लेखकले पुस्तक लेख्ने र छपाउने गर्न थालेका छन् । 

गैँडाकोट नगरपालिका–७ गैह्रीका लेखराम सापकोटाले विसं २०५७ मा एसएलसी परीक्षा दिएसँगै पुस्तक पसलमा काम गर्न थाल्नुभयो । नारायणगढको मिलनरोडमा रहेको पाण्डे पुस्तक पसलमा सहयोगीका रुपमा सापकोटाले दुई वर्ष काम गर्नुभयो । त्यसपछि उहाँका दुई वर्ष काठमाडौँको एशिया पब्लिकेशनमा बित्यो । यसपछिका ६ वर्ष मलेसिया, कतार र संयुक्त अरब इमिरेटस्मा बिताउनुभएका सापकोटा फेरि फर्किएर यहाँकै मास्के पुस्तक भण्डारमा काम थाल्नुभयो । 

चार वर्ष त्यहाँको अनुभवपछि विसं २०७१ भदौमा सापकोटाले साथीसँग मिलेर पुस्तक पसल खोल्ने निर्णयमा पुग्नुभयो । सुनगाभा पुस्तक पसल उहाँको साझेदारी पुस्तक पसल थियो । त्यसको थप अनुभव लिँदै जाँदा अहिले उहाँले एकल स्वामित्वको सम्पूर्ण किताब पसल खोल्नुभएको छ । साथीसँग मिलेर थोक व्यापारका लागि काठमाडौँको भोटाहिटीमा सम्पूर्ण किताब पसल पनि छ । 

उहाँले भन्नुभयो, “भोटाहिटीको हामी दुई जनाको साझेदारीमा खुलेको पसल हो । यो मेरो निजी हो ।” यससँगै युरेका पब्लिकेशनको उहाँ एकजना साझेदार हो जसले हालसम्म ३० वटा पुस्तक प्रकाशन गरिसकेको छ । युरेकाको प्रबन्ध निर्देशकसमेत रहनुभएका सापकोटाको व्यावसायिक सम्बन्ध साङ्ग्रिला पब्लिकेशनसँग पनि छ । 

सम्पूर्ण किताब भन्नासाथै जिल्लामा साहित्यिक पुस्तक भण्डारका रुपमा धेरैले चिन्दछन् । भरतपुर महानगरपालिका वडा नं १ बालकुमारी कलेज रोडमा रहेको यस पुस्तक पसलमा अन्य पाठ्यपुस्तक पनि पाइन्छ । पुस्तक पसलमा बिहानदेखि साँझ अबेरसम्म जिल्ला र बाहिरबाट आएका साहित्यकार जुट्ने गर्दछन् । पुस्तक पसलमा सापकोटाले आफैँले कमाएर रु ५० लाखभन्दा बढी लगानी गरिसक्नुभएको छ । यहाँको आम्दानी पुस्तक पसलमा थपिँदै गएको छ । सापकोटाले भन्नुभयो, “पुस्तक पसलमा अहिले हेर्दा रु एक करोडभन्दा बढीका पुस्तक छन् ।” 

रु एक हजार २०० मासिक पारिश्रमिक लिएर काम शुरु गर्नुभएका सापकोटालाई श्रममा विश्वास गर्ने र सरल व्यक्तिका रुपमा धेरैले चिन्दछन् । फुर्सदको समयमा कायाकैरन दैनिक र त्यसको अनलाइन संस्करणमा समाचारसमेत लेख्नुहुने साहित्यिक व्यक्तित्व सापकोटा जिल्लामा पठन संस्कृतिको विकासमा आफू लागेको बताउनुहुन्छ । जिल्लाका लेखकको प्रकाशनको आधारसमेत बन्नुभएका सापकोटा भन्नुहुन्छ, “लेखन र पठन संस्कृतिको विकासले समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्छ ।” के कति सकिन्छ आफू यसैमा लागिरहने उहाँ बताउनुहुन्छ । 

मास्के पुस्तक पसलमा काम गर्दा त्यहाँ बिक्रीका लागि आएका पुस्तकको फोटो खिचेर फेसबुकमा राखेर लेखक र साहित्यकारमाझ पुर्‍याउने गर्नुभएका सापकोटाकोमा अहिले साहित्यकार आफैँ आउँछन् । पुस्तक व्यवसायबाटै एक भाइ र तीन बहिनीको बिहे मात्रै होइन, परिवार सञ्चालन गरेर व्यवसायसमेत बढाउन उहाँ सफल हुनुभएको छ । आख्यानकार वसन्त पराजुली भन्नुहुन्छ, “निरन्तरको मिहिनेत र मिजासिलो स्वभावकै कारण सापकोटा सफल हुनुभएको हो ।”

कामलाई सानो नभनी त्यसबाट अनुभव संगाल्दै  निरन्तर लागिरहने हो भने सफलता मिल्छ भन्ने उदाहरण बन्नुभएको छ ३७ वर्षीय सापकोटा ।