२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय News Polar प्रदेशस्तरीय ब्याडमिन्टनको बम र निर्वाचन क्षेत्रको उपाधि सिंहको जोडीलाई News Polar बूढीगण्डकी बाढीः गाउँ जाने पुल बगायो, सय बढी घरहरू बगे News Polar शशिला मोटर्सको चारदिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न, सयभन्दा बढी ग्राहक लाभान्वित

ब्रिटिश प्रधानमन्त्रीका बुवाले फ्रान्सको नागरिकता लिने !

ब्रिटिश प्रधानमन्त्रीका बुवाले फ्रान्सको नागरिकता लिने !
अ अ+ अ-

बिबिसी । ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनका बुवाले फ्रान्सको नागरिकता लिनका लागि आवेदन दिन लागेको बताएका छन् । ब्रिटेन युरोपेली सङ्घ इयूबाट औपचारिक रूपमै शुक्रवारदेखि अलग्गिएको छ । स्टेन्ली जोनसनले फ्रान्सको आरटीएल रेडियोसँग कुरा गर्दै आफ्नी आमा फ्रान्समा जन्मिएकाले आफू फ्रेन्चको रूपमा रहेको बताएका हुन् ।

असी वर्षीय उनी कन्जर्भेटिभ दलका तर्फबाट युरोपेली संसद्का पूर्वसदस्य हुन् । सन् २०१६ को जनमतसङ्ग्रहमा उनले इयूमै रहनका लागि मतदान गरेका थिए ।
उनका छोराले इयूबाट बाहिरिने अभियानको नेतृत्व गरेका थिए र अन्ततः प्रधानमन्त्रीका रूपमा उनैले इयूबाट ब्रिटेनलाई बाहिर निकाले । युरोपेली सङ्घसँग ४७ वर्षको सम्बन्धको विच्छेद पछि यूके ’नयाँ युगमा’

किन फ्रान्सको नागरिकता ?

स्टेन्ली जोनसनले बिहीवार इयूका व्यापार नियमबाट यूके अलग्गिनुभन्दा केही घण्टाअघि फ्रेन्च नागरिकता खोज्नुका आफ्ना कारण कारण खुलाएका थिए । “यो फ्रेन्च बन्ने कुरा होइन, “उनको भनाइ थियो । “मसँग जे पहिल्यै थियो यो त्यही पुनर्दाबी गर्ने कुरा हो ।”

उनले आफ्नी आमा फ्रेन्च आमाबाटै फ्रान्समा जन्मिएको बताउँदै थपेः “म सधैँ युरोपेली रहनेछु ।” उनले सन् १९७९ मा युरोपेली संसद्को सिट जितेका थिए। त्यति बेला उक्त संसद्को पहिलो पटक प्रत्यक्ष निर्वाचन भएको थियो। जसकै कारण प्रधानमन्त्री जोनसनले आफ्नो बाल्यकालको एउटा समय ब्रसल्समा बिताएका थिए ।

परिवारमा विभाजन
ब्रेक्जिटको मुद्दाले जोनसन परिवारलाई विभाजित पारेको छ । पत्रकार रहेकी प्रधानमन्त्रीकी बहिनी रचेन जोनसनले सन् २०१७ को चुनावअघि कन्जर्भेटिभ पार्टी छाडेर ब्रेक्जिटविरुद्ध विरोधमा उत्रिएकी थिइन् ।

कन्जर्भेटिभ दलकै सांसद रहेका भाइ जो जोनसनले इयूसँग नजिकको सम्बन्ध राख्ने विषयमा आफ्नो समर्थन दर्साउन सन् २०१८ मा मन्त्रिपरिषद्बाट राजीनामा दिएका थिए ।