२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय News Polar प्रदेशस्तरीय ब्याडमिन्टनको बम र निर्वाचन क्षेत्रको उपाधि सिंहको जोडीलाई News Polar बूढीगण्डकी बाढीः गाउँ जाने पुल बगायो, सय बढी घरहरू बगे News Polar शशिला मोटर्सको चारदिने निःशुल्क सर्भिस क्याम्प सम्पन्न, सयभन्दा बढी ग्राहक लाभान्वित

संसद विघटन कम्युनिष्ट पार्टीको सत्ताको झगडाको परिणाम- डा.महत

संसद विघटन कम्युनिष्ट पार्टीको सत्ताको झगडाको परिणाम- डा.महत
अ अ+ अ-

चितवन । नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले संसद विघटन कम्युनिष्ट पार्टीको सत्ता प्राप्तिका लागि भएको झगडाको परिणाम भएको बताएका छन् । 

आज चितवनमा नेपाली काँग्रेसद्धारा आयोजना गरिएको प्लाज्मा डोनेसन कार्यक्रमलाई उद्घाटन गर्दै डा.महतले भने– कम्युनिष्ट पार्टीले सत्ताको प्राप्तिका लागि गरेको व्यक्तिगत झगडाले देशको प्रजातान्त्रिक प्रणालीलाई नै धरापमा पार्नेगरी संसद विघटनसम्मको दुस्साहस गरेका हुन् । 

सहमहामन्त्री डा.महतले नेपालका कम्युनिष्टहरुले सत्ताका लागि मात्र झगडा गर्ने गरेको बताए । उनले भने– हामी सबैले देख्यौँ कि यहाँका कम्युनिष्टहरुले तीन वर्षमा देशको साधन र स्रोतलाई कसरी लुटतन्त्र मच्चाए, देशमा भ्रष्टाचार कसरी मौल्यायो ।

डा. महतको भनाई थियो जनताले ५ वर्षका लागि चुनेर पठाएको सरकारले सत्ताको स्वार्थमा देशलाई भड्खालोमा हालेको नेपाली जनताले स्पष्टै देखेका छन् । देशमा भ्रष्टाचार र अनियमितता कसरी मौलायो भन्ने कुरा त हामीले महामारीको समयमा भएको औषधि तथा मेडिकल सामग्रीको खरिदमा भएको भ्रष्टाचारबाट स्पष्ट हुने बताए । 

उनले भने–देश त्यस्तो महामारीमा फसेको बेलामा औषधिजस्तो संवेदनशील विषयमा भ्रष्टाचार त सोच्दा पनि पाप लाग्छ, तर यिनीहरुले त गरेरै देखाए । देशका लागि योभन्दा ठूलो दुर्भाग्य के हुन्छ ? डा.महतले तर संसद विघटनको विषयमा सर्वाेच्च अदालतले दिने निर्णय नेपाली काँग्रेसलाई स्वीकार्य हुने बताए । 

यो ओलीको असंवैधानिक कदम हो, यो सत्ताका लागि पार्टीभित्रै रचिएको घोर गैरसंवैधानिक कदम हो, तर हामी विपक्षी दल जनतामा जाऔँ भन्दा हामीले मान्नुपर्छ, यो हाम्रो लागि अवसर पनि हो । 

डा.महतले यस विषयमा सर्वाेच्च अदालतको अन्तिम व्याख्या कुर्ने र हामी निर्वाचनमा जाने तयारी गर्ने अवस्थामा छौँ भने । वर्तमान संविधान नेपाली काँग्रेसले जारी गरेको हो र यो संविधान र लोकतन्त्र बचाउनका लागि पनि काँग्रेस निर्वाचनमा जानुपर्छ भन्ने उनको आसय थियो । 

नेपाली काँग्रेसको कोभिड १९ समितिका संयोजक रहेका डा.महतले महामारीबाट बच्नका लागि आवश्यक सहयोग तथा नागरिकको जीवन रक्षाका लागि काँग्रेसले सो समितिमार्फत् सरकारलाई धेरै झकझकाएको र निकै चनाखो भएर निगरानी गरेको उनले बताए । 

डा.महतकै प्रमुख आतिथ्यमा केही महिना अघि नवलपुरबाट सो प्लाज्मा डोनेसन कार्यक्रम शुरु भएको थियो । त्यसपछि नेपालगन्ज, सुनशरी हुदै यो चौथो पटक आज चितवनमा सम्पन्न भएको छ । 
कोरोनाका संक्रमितहरुका लागि आवश्यक पर्ने यो प्लाज्मा अहिलेसम्म सयौँ व्यक्तिले दान गरिसकेका छन् । यो कार्यक्रमलाई निरन्तरता दिन उनले देशका अरु क्षेत्रका काँग्रेसका कार्यकर्ताहरुलाई पनि उनले आग्रह गरेका थिए ।