१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

युरो कपमा आज पनि तीन खेल हुँदै



अ+ अ-

काठमाडौँ । जर्मनीमा जारी युरो कप फुटबल प्रतियोगितामा आज सोमबार तीन खेल हुँदैछन् ।

रोमानियाले युक्रेनको सामना गर्दैछ भने बेल्जियम र स्लोभाकिया आमनेसामने हुँदैछन् । यस्तै, मध्यरातमा अष्ट्रिया र फ्रान्सबीच प्रतिस्पर्धा हुँदैछ ।

गत शुक्रबार देखि सुरु भएको प्रतियोगितामा ४४ टोलीलाई ६ समूहमा विभाजन गरिएको छ । गएराति भएका खेलहरुमा इंग्ल्यान्डले सर्वियालाई १-० ले पराजित गर्यो भने स्लोभेनिया र डेनमार्कले १-१ गोलको बराबरी खेले । यस्तै, नेदरल्यान्ड्सले पोल्यान्डलाई २-१ गोलले हरायो ।

आजको खेलतालिकाः
रोमानिया भर्सेस युक्रेन – साँझ ६ः४५ बजे
बेल्जियम भर्सेस स्लोभाकिया – राति ९ः४५ बजे
अष्ट्रिया भर्सेस फ्रान्स – राति १२ः४५ बजे