२ पुष २०८२, बुधबार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

इंग्लिस प्रिमियर लिगः टोटनहमको लिड्स युनाइटेडमाथि शानदार जित



अ+ अ-

लन्डन ।  शनिबार इंग्लिस प्रिमियर लिगमा टोटनहमले लिड्स युनाइटेडलाई सजिलै ३–० अन्तरको गोलले हराएको छ । जितसँगै टोटनहम अंक तालिकाको तेस्रो स्थानमा उक्लेको छ । जोसे मोउरिन्हो टिमको १६ खेलबाट २९ अंक भएको छ ।

टोटनहमको मैदानमा भएको खेल पूर्णतः घरेलु टिमको पक्षमा रह्यो । उसका लागि ह्यारी केनले पेनाल्टीबाट गोलको खाता खोले । उनकै पासमा ह्वेङ मिन–सनले दोस्रो गोल थपे । तेस्रो गोल टोबी एल्डरवायल्डको नाममा रह्यो र यसका लागि मिन–सनले पास उपलब्ध गराए ।

पराजित लिड्स २३ अंकमा ११ औं स्थानमा रहेको छ ।