• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   भेडीगोठले बुकीमा चहलपहल, बेंसी सुनसान ★   एसिया कप खेल्ने नेपाली टोलिको घोषणा ★   मनीताले पेरिस ओलम्पिक खेल्ने ★   इच्छाकामना गाउँपालिकाद्वारा तीनवटा कृषि एम्बुलेन्स सञ्चालन ★   अन्य थप ऐन संशोधनलाई प्राथमिकता दिन काँग्रेसलाई निजी क्षेत्रको सुझाव ★   नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण ★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने

दक्षिण अफ्रिकासँग १ रनले हार्यो नेपाल



काठमाडौँ । टी–२० विश्वकप अन्तर्गत नेपाल दक्षिण अफ्रिकासँग १ रनले पराजित भएको छ ।

११६ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर ११४ रन जोड्यो । हारसँगै नेपालको सुपर ८ मा पुग्ने सम्भावना लगभग सकिएको छ ।

नेपालले खेलको आठौँ ओभरको दोस्रो बलमा ओपनर कुशल भुर्तेललाई गुमाएको थियो । उनी २१ बलमा १३ रन बनाएर बोल्डआउट हुन पुगे ।

त्यसपछि क्रिजमा आएका कप्तान रोहितकुमार पौडेल दोस्रो बलको सामना गर्ने क्रममा बोल्ड आउट भए । त्यसपछि नेपालले तेस्रो विकेटका रुपमा अनिल शाहलाई गुमायो । अनिलले २४ बलमा तीन चौका र एक छक्का प्रहार गर्दै २७ रन जोडे । अनिलले आसिफ शेखसँगसँग ५० रनको साझेदारी गरेका थिए ।

ओपनर आशिफलाई नेपालले पाँचौ विकेटको रुपमा गुमाएको थियो । आशिफले ४९ बलमा चार चौका र एक छक्का प्रहार गर्दै ४२ रन बनाए । दीपेन्द्रसिंह ऐरी छ रनमा आउट भए भने कुशल मल्ल एक रनमा पेभिलियन फर्किए । गुल्सन झा छ रनमा आउट हुँदा सोमपाल कामी आठ रनमा अविजित रहे ।

नेपाललाई अन्तिम १ बलमा २ रनको आवश्यक थियो । क्रिजमा गुलशन झा थिए । तर, उनी रनआउट हुन पुगे । सायद, झा डाइभ लगाएको भए रनआउट हुने थिएनन् । १ रनमात्रै जोड्न सकेको भए खेल सुपर ओभरमा जाने थियो ।

कुनै समय ९९ रनमा ३ विकेट मात्र गुमाएर खेलमा हाबी भएको नेपालको लगातार विकेट पतन भएसँगै खेल गुमाउनुपर्यो ।

बलिङतर्फ अफ्रिकाका तबरिज शम्सीले ४ तथा एडिएन मार्करम र एनरिच नोर्ख्याले १–१ विकेट लिए ।

त्यसअघि वेस्टइन्डिजको सेन्ट भिसेन्टस्थित आर्नोस भले ग्राण्ड किङ्ग्सटाउन रङ्गशालामा टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय १५ रनको योगफल बनायो ।

उसका लागि रिजा हेन्डरिक्सले सर्वाधिक ४३ रनको योगदान दिए । कूल ४९ बल खेलेका उनले पाँच चौका र एक छक्का प्रहार गरे ।

साथै टिस्टन स्टब्सले १८ बलमा दुई चौका र एक छक्काको मद्धतमा २७ रन बनाए भने आइडेन मार्करमले २२ बलमा दुई चौका प्रहार गर्दै १५ रन जोडे । क्वान्टन डेककले ११ बलमा १० रन जोड्दा डेभिड मिलरले सात रन बनाए ।

नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक चार विकेट लिए भने दीपेन्द्रसिंह ऐरीले तीन विकेट लिए ।

नेपालले समूह चरणको आफ्नो अन्तिम खेल यही असार ३ गते सोमबार बङ्गालदेशसँग खेल्नेछ ।