१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसद् बजगाईंको प्रस्तावः संसद् भवनमा मदिरा बार राखौँ



photo: rss
अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले निर्माणाधीन संघीय संसद् भवनमा मदिरा पाइने बार पनि बनाउनुपर्ने प्रस्ताव राखेका छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद बजगाईंले विदेशी संसद् परिसरमा बार हुने उदाहरण दिँदै नेपालमा पनि बनाउनुपर्ने प्रस्ताव राखेका हुन् ।

‘अहिले बन्दै गरेको संसद भवनभित्र विदेशी पाहुनाहरू आउँदाखेरि सोसलाइजेन गर्ने बार निर्माण गर्ने हो कि ? मैले यसमा ध्यानाकृष्ट गराउन चाहेँ । यो पर्यटकीय हिसाबले पनि महत्वपूर्ण छ ।’ उनले भने ।

उनले थप भने – ‘म सन् २००६ मा अमेरिकाको कंग्रेसम्यानको अफिस गएको थिएँ । कंग्रेस र सिनेटको अफिस घुम्ने अवसर पाएको थिएँ । सिनेटमा आतिथ्यता गर्न जाने, घुम्ने वा पर्यटकहरूका लागि बार बनाइदिँदो रहेछ,त्यहाँ डेमोक्र्याटहरूले आफ्नो बारमा सोसलाइजेसन गर्दा रहेछन्, रिपब्लिकनहरूले आफ्नो बारमा सोसलाइजेसन गर्दा रहेछन् । त्यहाँ ड्रिंक्स पनि खान पाइन्छ ।’

यस्तै, उनले लण्डन स्कुल अफ इकोनमिक्सको क्यान्टिनमा जाँदा पनि त्यहाँ बार देखेको अनुभव समेत सुनाए ।