३ पुष २०८२, बिहीबार
,
Latest
शेखर कोइराला संसद पुनर्स्थापनाको पक्षमा खुले, गगन थापा किन मौन ? मन्त्री महावीरको अनुभब: कछुवा गतिको प्रशासन संयन्त्रबाट काम हुन निकै कठिन धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता एमाले महाधिवेशनमा ३६ जनाले मतदान गरेनन् एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वारेजको निर्णायक गोलमा एटलेटिकोको जित



अ+ अ-

म्याड्रिड । एटलेटिको म्याड्रिडले आइतबार एलाभेसलाई २–१ ले हरायो र फेरि स्पेनी ला लिगाको शीर्ष स्थानमा उक्लिन सफल रह्यो । लुइस स्वारेजले ९०औं मिनेटमा गरेको निर्णायक गोलमा एटलेटिको म्याड्रिडले जित हाँसिल गरेको हो । 

एटलेटिकोले मार्कोस लोरेन्टको गोलले अग्रता लिएको थियो । त्यसयता फेलिपेले आत्मघाती गोल गरे र एलाभेस बराबरीमा रह्यो । एटलेटिकोको १५ खेलबाट ३८ अंक भएको छ । रियल म्याड्रिड १७ खेलबाट ३६ अंकमा दोस्रो स्थानमा झर्‍यो ।

आइतबारकै अर्को खेलमा बार्सिलोनाले हुएस्कालाई १–० ले हरायो । त्ययसमा फ्रेन्क डे जोङले निर्णायक गोल गरे । यसका लागि लियोनल मेसीले पास उपलब्ध गराएका थिए । बार्सिलोनाका लागि मेसीको यो ७ सय ५० औं खेल रह्यो । यस्तै यो ला लिगाको मेसीको पाँच सयौं खेल पनि रह्यो । बार्सिलोनाको अब १६ खेलबाट २८ अंक भएको छ ।