६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्यालयका सटर बन्द नगराउन काठमाडौं महानगरलाई अदालतको आदेश



अ+ अ-

काठमाडौं । उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयबाट भाडामा लिएका सटरलाई बन्द गरेको कार्यलाई रोक लगाएको छ ।

न्यायाधीश लेखनाथ पौडेलको इजलासले असार ७ सम्मका लागि सामुदायिक विद्यालयले भाडामा लगाएका सटर बन्द नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

नगर प्रहरीले व्यवसायीका सटरमा ताला लगाएपछि तुलसीप्रसाद अगस्तीले मंगलबार उच्च अदालत पाटनमा रिट निवेदन दर्ता गरेका थिए ।

उक्त रिटमाथि सुनुवाइ गर्दै उच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । यस्तै, अदालतले असार ७ मा छलफलका लागि काठमाडौं महानगरपालिकालाई पनि बोलाएको छ ।

काठमाडौं महानगरपालिकाले काठमाडौंका विभिन्न सामुदायिक विद्यालयले भाडामा लगाएका सटर बन्द गराउन थालेको थियो ।