• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo
Latest
★   ओली र देउवालाई जोड्न विनोद चौधरी किन छन् सक्रिय ? ★   रोहितले पनि लिए सन्यास ★   ‘संसद्लाई सत्ताको जोडघटाउ गर्ने स्थल नबनाऔँ’ ★   आज कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने ★   पदाधिकारीमा सय र केन्द्रीय सदस्यमा ८ सयको आकांक्षा ! ★   डेनमार्कलाई हराउँदै आयोजक जर्मनी युरो कपको क्वाटरफाइनलमा ★   कोहलीले लिए ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास ★   इटालीलाई हराउँदै स्वीट्जरल्यान्ड युरो कपको क्वाटरफाइनलमा ★   दक्षिण अफ्रिकालाई सात रनले हराउँदै भारतले जित्यो टी–२० विश्वकपको उपाधि ★   दक्षिण अफ्रिकालाई विश्वकपको उपाधि जित्न १७७ रनको लक्ष्य

अर्थमन्त्रीले एनसेललाई केन्द्रित गरेर निहित उद्देश्यले आर्थिक विधेयकको धारा ५७ मा छुट दिने व्यवस्था गरे: पूर्वअर्थमन्त्री महत



काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता तथा पूर्वअर्थमन्त्री डा.प्रकाशशरण महतले सरकारको तीन महिना र बजेटले मुलुकको अर्थतन्त्र गलत दिशामा ल्याउने काम गरेको बताउनुभएको छ ।

बुधवार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै डा.महतले यस्तो बताउनुभएको हो । उहाँले वर्तमान सरकारको तीन महिनामा नेपाली जनता र मुलुकको अर्थतन्त्रमा निराशा थप्ने काम मात्रै गरेको आरोप लगाउनु भयो । उहाँले सरकारले ल्याएको बजेटले अर्थतन्त्रलाई निरासा जनक अवस्थामा पुर्‍याउने र आफू अनकुलका व्यक्ति र आयोजनामा खर्च गर्ने काम गरेको बताउनु भयो । उहाँले बजेट र सरकारको क्रियाकलापले अर्थतन्त्रलाई गलत दिशामा लैजाने खतरा देखिएको उल्लेख गर्नुभयो ।

उहाँले सरकारले बजेटमा ३ करोड भन्दा तलका योजना नराख्ने प्रतिवद्धता तोडेको बताउनु भयो । उहाँले बजेटमा मन्त्रालयमा राखिएको बजेट आफू अनकुलका मान्छेहरुबाट सञ्चालित संस्थाहरु अनगिन्ती रुपमा संस्कृति मन्त्रालय,सहरी विकास मन्त्रालयबाट साना योजनामा रकम छरिएको धारणा राख्नुभयो । उहाँले संसदमा भइरहेको मन्त्रालयगत छलफलले बजेटमा थप निरासा गराएको बताउनु भयो । उहाँले सरकारले बजेट विनियोजनमा व्यापक दुरुपयोग गरेको उल्लेख गर्नुभयो । उहाँले अर्थमन्त्रीले आर्थिक विधेयकमा एनसेललाई केन्द्रित गरेर निहित उदेश्यका साथ धारा ५७ अन्तर्गतमा छुट दिने व्यवस्था गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘पहिला देखि भन्दै आएको छु । सरकारको लगानी ठिक ठाउँमा गएको छैन । त्यसले गर्दा परिणाम आइरहेको छैन । आर्थिक वृद्धि भइरहेको छैन । संघ संस्थालाई पैसा नदिने भनेका थियौं । अहिले संघसंस्था र आफू अनकुलका मान्छेहरुबाट सञ्चालित संस्थाहरु अनगिन्ती रुपमा संस्कृति मन्त्रालय,सहरी विकास मन्त्रालयबाट साना योजनामा रकम छरिएको छ । ३ करोड भन्दा तल बजेटका योजना नराख्ने कुरा अर्थमन्त्रीले तोड्नु भयो । अहिले जति मन्त्रालयगत छलफल चलिरहेको छ । उति ज्याँदा बजेटले निरासा गराएको छ । पूर्वाहपूर्ण र बेथितिलाई प्रोत्साहन गर्ने र प्राथमिकता भए पनि नभए पनि आफ्नाले भनेको ठाउँमा बजेट विनियोजन गरी वितरण गर्नेगरी बजेट विनियोजन भएको छ । सरकारले बजेट विनियोजनमा व्यापक दुरुपयोग गरेको छ । बजेटले आफू अनकुलको बजेट भएन भन्न बाहेक अरु केही रहेन्छ । आर्थिक विधेयकमा एनसेललाई केन्द्रित गरेर एउटा उदेश्यका साथ धारा ५७ अन्तर्गतमा छुट दिएका कुराहरु आइरहेका छन् । बजेट र सरकारको तीन महिना कार्यकाल समग्रमा नेपाली जनतालाई थप निरास बनाउने,अर्थतन्त्रलाई निरासा जनक अवस्थामा पुर्‍याउने र आफू अनकुलका व्यक्ति र आयोजनामा खर्च गर्ने निषर्क हो । बजेट र सरकारको क्रियाकलापले अर्थतन्त्रलाई गलत दिशामा लैजाने देखिइएको छ ।’

उहाँले सरकारले पूर्वाहपूर्ण ,बेथितिलाई प्रोत्साहन गर्ने र प्राथमिकता भन्दा पनि आफ्नाले भनेको ठाउँमा बजेट विनियोजन गरी वितरण गर्नेगरी बजेट विनियोजन भएको धारणा राख्नुभयो ।