३१ भाद्र २०८३, बुधबार
,
Latest
‘रास्वपा सरकारले अर्काले गरेको काममा आफ्नो अनुहार देखाएर जस लिन खोज्यो’– शंकर पोखरेल काठमाडौं उपत्यकामा प्रतिकेजी ११० रुपैयाँमा चिनी बिक्री, सञ्चय नगर्न विभागको आग्रह संक्रामक पशु रोग नियन्त्रण विधेयकमा २४ दफामा संशोधन, क्षतिपूर्ति कोषको व्यवस्था मन्त्रिपरिषद् बैठक जारी सामाजिक सञ्जालको वाद–प्रतिवादभन्दा परिणाममुखी काममा ध्यान दिन मन्त्रीहरूलाई देवकोटाको आग्रह चिलिमे जलविद्युत् आयोजनामा खोजी गर्दा तीन शव फेला महिला स्वास्थ्य स्वयंसेविकालाई कर्मचारी बनाउने विषयमा नीतिगत तथा कानुनी अध्ययन आवश्यक : मन्त्री मेहता राजविराजमा अस्पतालबाहिर बच्चा जन्माउन बाध्य बनाउने घटनामा दोषीमाथि कारबाही प्रक्रिया अघि बढ्यो काँग्रेस सभापति थापाले रास्वपालाई भने– संसदीय समितिलाई प्रधानमन्त्रीले अपनत्व नलिने अवस्था नबनोस् तनहुँको देवघाटमा लालपुर्जा वितरण, १० सुकुम्बासी परिवार बने जग्गाधनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानलाई अर्धशतकीय इनिङ्स खेलेर जिताएका रिजवानको नाममा लाजमर्दो कीर्तिमान दर्ता



अ+ अ-

एजेन्सी । लगातार दुई खेलमा लज्जास्पद हार बेहोरेको पाकिस्तानले मंगलबार अन्तिममा जितको स्वाद चाखेको छ । मोहम्मद रिजवानको अर्धशतकको मद्दतले पाकिस्तानले १५ बल बाँकी रहँदा क्यानडालाई ७ विकेटले पराजित गर्‍यो ।

यो जितसँगै पाकिस्तानले सुपर–८ को आशा जीवित राखेको छ । अब टोलीले आफ्नो अर्को खेल १६ जुनमा आयरल्याण्डसँग खेल्नुपर्नेछ ।

टी–२० विश्वकप २०२४ को २२ औं खेल जुन ११ मा पाकिस्तान र क्यानडाबीच न्यूयोर्कमा खेलिएको थियो । यस खेलमा टस हारेर पहिले ब्याटिङ गरेको क्यानडाले आरोन जोन्सनको अर्धशतकको मद्दतले २० ओभरमा सात विकेट गुमाएर १०६ रन बनाएको थियो ।

जवाफमा पाकिस्तानले १७.३ ओभरमा तीन विकेट गुमाएर १०७ रन बनाएर खेल जित्यो । यो जितसँगै टोली समूह ए को अंक तालिकाको तेस्रो स्थानमा पुगेको छ । अब उसको खातामा दुई अंक छ र नेट रनरेट (०.१९१) पनि सुधार भएको छ ।

पाकिस्तानलाई जित दिलाउन मोहम्मद रिजवानले महत्वपूर्ण भूमिका खेलेका थिए । उनले ५३ रनको अविजित इनिङ खेल्दै टोलीलाई विश्वकपमा पहिलो जित दिलाएका थिए । यस क्रममा ओपनिङ ब्याट्सम्यानले दुई चौका र एक छक्का प्रहार गरे ।

तर, लज्जास्पद कीर्तिमान पनि उनको नाममा दर्ता भयो । रिजवानले क्यानडाविरुद्ध ५२ बलमा अर्धशतक बनाएका थिए । बलको हिसाबले यो टी–२० विश्वकपको इतिहासमा सबैभन्दा ढिलो अर्धशतक हो । यसअघि जारी प्रतियोगितामा डेभिड मिलरले ५० बलमा अर्धशतक बनाएका थिए । डेभन स्मिथ र डेभिड हसी तेस्रो र चौंथो स्थानमा छन् । डेभनले २००७ मा बंगलादेश र हसीले २०१० मा इंग्ल्याण्डविरुद्ध दुबैले ४९–४९ बलमा अर्धशतक बनाएका थिए ।