२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

के हात्तीहरू एकअर्कालाई नामले बोलाउँछन् ?



अ+ अ-

एजेन्सी । हामी मानिसले हरेक व्यक्तिको नाम राख्छौं, जसले उसको जीवनभर पहिचान गर्छ, तर हात्तीमा पनि यस्तो हुन्छ भन्ने थाहा पाउँदा तपाईलाई छक्क पर्नुहुनेछ ।

एक नयाँ अनुसन्धान अनुसार, हात्तीहरू एकअर्कालाई विभिन्न नामले बोलाउँछन्, जुन तिनीहरूले आफ्नो साथी हात्तीको पछि राख्छन् ।

अन्वेषकहरूले केन्यामा अफ्रिकी सवाना हात्तीका दुई बथानको आवाजको विश्लेषण गर्न कृत्रिम बुद्धिमत्ता एल्गोरिदम प्रयोग गरे ।

यस अनुसन्धानमा अन्वेषकहरूले पत्ता लगाए कि डल्फिन र सुगाले आफ्नो प्रजातिका अरूको आवाजको नक्कल गरेर एकअर्कालाई सम्बोधन गरेजस्तै अर्कोतर्फ, हात्तीहरू कसैको नक्कल नगर्ने नामहरू प्रयोग गर्ने पहिलो गैर–मानव जनावर रहेको पाइयो ।

यस अनुसन्धानमा संलग्न माइकल पार्डोका अनुसार अनुसन्धानले हात्तीले प्रत्येक हात्तीको लागि विशिष्ट आवाज मात्र प्रयोग गर्ने मात्र होइन, उनीहरूका लागि बनाइएको आवाजलाई चिन्ने र प्रतिक्रिया दिने पनि देखाएको छ । जबकि अरूका लागि गरिएका आवाजहरूलाई बेवास्ता गरिन्छ ।

अन्वेषकहरूले पत्ता लगाए कि हात्तीहरूले आवाज सुनेर मात्र त्यो आवाज उनीहरूको लागि हो वा होइन भनेर पत्ता लगाउन सक्छ । हात्तीहरूले धेरै प्रकारका आवाजहरू निकाल्छन् ।