५ पुष २०८२, शनिबार
,
Latest
तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन् यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’ प्रथम कावासोती गोल्डकप आजदेखि सुरु हुँदै सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य कण्ठरोग निवारणमा सफलता : गलगाँडको समस्या शून्य दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनमा बोइङ ७३७ दुर्घटना



अ+ अ-

एजेन्सी

बेइजिङ । चीनको दक्षिणी क्षेत्रबाट ठूलो विमान दुर्घटनाको खबर प्राप्त भएको छ । चाइना इस्टर्नको १३३ यात्रु बोकेको विमान बोकेको दक्षिणपश्चिम चीनमा दुर्घटनाग्रस्त भएको छ ।

अहिलेसम्म दुर्घटनाको कारण र मृत्यु हुनेको सङ्ख्या थाहा हुन सकेको छैन । ब्ल्याक बक्स फेला परेपछि दुर्घटनाको कारण खुल्न सक्छ ।

चिनियाँ मिडिया सीसीटीभीले सोमबार यस दुर्घटनाको जानकारी दिएको छ। रिपोर्टअनुसार फ्लाइट एमयू ५७३५ बोइङ ७३७ विमान गुआङ्सी क्षेत्रको वुझाउ सहर नजिकैको ग्रामीण इलाकामा दुर्घटनाग्रस्त हुँदा पहाडको टुप्पोमा आगो लागेको थियो ।

उद्धार टोली घटनास्थलमा पठाइएको छ । विमान कुनमिङबाट ग्वानझाउ जाँदै थियो।

स्थानीय सञ्चारमाध्यमले विमानस्थलका कर्मचारीलाई उद्धृत गर्दै चाइना इस्टर्न फ्लाइट एमयू ५७३५ सोमबार दिउँसो १ बजेपछि कुनमिङ शहरबाट उडेको गुआन्झाउमा आफ्नो निर्धारित गन्तव्यमा नपुगेको बताएको छ ।

समाचारअनुसार यात्रुवाहक विमान दुर्घटना भएको ठाउँमा ठूलो आगलागी भएको थियो, जसका कारण मृत्यु हुनेको सङ्ख्या धेरै हुन सक्ने अनुमान गरिएको छ ।