• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★   न्यायपालिकाको सुदृढिकरणका लागि सरकार प्रतिवद्ध: प्रधानमन्त्री ★   टी–२० विश्वकपअघि नेपालले क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने ★   विधिसम्मत न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमनचयन कायम हुने: राष्ट्रपति पौडेल ★   एक सयभन्दा बढी युक्रेनी ड्रोन रोकेको रुसको दाबी ★   ‘मनाङको विकासमा ठेकेदारको लापरवाही’ ★   नेपाली कागजबाट मासिक एक लाख आम्दानी लिँदै पासाङ ★   प्रतिनिधिसभाको बैठक २ बजेलाई सर्यो ★   सहकारी प्रकरणमा छानबिन समिति गठन हुनुपर्नेमा प्रतिपक्षी पाँच दल एकमत ★   राष्ट्रपतिद्वारा कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको उद्घाटन ★   बोर्डिङमा भन्दा सामुदायिक विद्यालयमा आकर्षण

सन्दर्भ गिरिजाप्रसाद कोइरालाको १२औँ स्मृति दिवस : गिरिजा बाबुको सन्तुलित कूटनीतिले ठूलाठूला सङ्कटको समाधान



काठमाडौँ । नेपालको लोकतान्त्रिक आन्दोलनका शिखर पुरुष गिरिजाप्रसाद कोइराला को १२औँ स्मृति दिवसको सन्दर्भमा ‘गिरिजाप्रसाद कोइराला र नेपालको पररास्ट्र सम्बन्ध’ विषयक कार्यशाला गोष्ठी सम्पन्न भएको छ।  

गिरिजा प्रसाद कोइराला फ़ाउण्डेशन र अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विभाग त्रिभुवन विश्वविद्यालयको संयुक्त आयोजनामा त्रिविवि कीर्तिपुरमा भएको सो कार्यक्रममा फाउण्डेसनका अध्यक्ष सुजाता कोइरालाले गिरिजा बाबुले हाम्रा दुवै छिमेकी राष्ट्र, महाशक्ति राष्ट्र अमेरिका तथा हाम्रा विकासका साझेदार राष्ट्रहरु सबैसँग सन्तुलित कूटनीतिक सम्बन्ध कायम गरी अगाडि बढेको हुनाले देशमा आइपरेका ठूलाठूला सङ्कटहरु  पनि उहाँको नेतृत्वमा निर्मूल भएको बताउनुभयो। 

उहाँमा सबै मित्र राष्ट्रलाई विश्वासमा लिएर काम गर्न सक्ने क्षमता रहेको स्मरण गर्दै पूर्वउपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कोइरालाले सन्तुलित विदेश नीति नै नेपालको दीर्घकालीन हितमा रहेको बताउनुभयो।


 
वरिष्ठ परराष्ट्रविद डा दिनेश भट्टराई र डा राम थपलियाले गिरिजाप्रसाद कोइरालाको बहुआयामिक व्यक्तित्वबारे प्रकाश पार्दै उहाँले अवलम्बन गरेको विदेश नीतिबारे विस्तृत कार्यप्रत्र प्रस्तुत गर्नुभएको थियो। 

मानविकी सङ्कायका डीन प्रा डा कुशुम शाक्यले गिरिजा बाबु एक अन्तर्राष्ट्रियस्तरको राजनेता भएको बताउँदै फ़ाउण्डेशनले उहाँका योगदानहरुलाई सम्बर्धन गर्न शैक्षिक संस्थाहरुसँग सहकार्य गरी अनुसन्धानमुलक क्रियाकलाप अगाडि बढाउनु पर्ने कुरामा जोड दिनुभयो। 

अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विभाग, त्रिभुवन विश्वविद्यालयका प्रमुख प्रेम खनालले नेपालको परराष्ट्र मामिलामा विभागले नियमित कार्यक्रमहरु गरिरहेको उल्लेख गर्दै गिरिजाप्रसाद कोइराला फ़ाउण्डेशनसँग पनि विदेश नीतिसम्बन्धी अध्ययन तथा अनुसन्धानमुलक कामहरुमा सहकार्य गरेर जाने बताउनुभयो। 

समझदारीपत्रमा हस्ताक्षर 

कार्यक्रममा गिरिजाप्रसाद कोइराला फ़ाउण्डेशन र अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विभागबीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ। फ़ाउण्डेशनले स्नातकोत्तर तहमा अध्यनरत विद्यार्थीलाई गिरिजाप्रसाद कोइराला तथा नेपालको परराष्ट्र नीति, लोकतन्त्र, शान्ति तथा आर्थिक विकाससँग जोडिएको विषयमा शोधपत्र तयार गर्न रु ८०,००० बराबरको गिरिजाप्रसाद कोइराला रिसर्च फेलोशिप प्रदान गर्नेछ। 

साथै अन्य शैक्षिक कार्यक्रमहरुमा पनि सहकार्य हुनेछ। सोसम्बन्धी समझदारीपत्रमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विभागका प्रमुख खनाल र फ़ाउण्डेशनका तर्फबाट रिसर्च डाइरेक्टर डा ताराप्रसाद बन्जाडेले हस्ताक्षर गर्नुभयो।