८ श्रावण २०८३, शुक्रबार
,
Latest
चितवनको इच्छाकामनामा लालपुर्जा वितरण, ३४ परिवार बने जग्गाधनी भाइरल भिडियोबारे बब्लु गुप्ताको स्पष्टीकरण, ‘गल्ती भएको भए क्षमा चाहन्छु’ सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट रास्वपाका सांसदहरूको स्वकीय सचिव नियुक्तिका लागि मापदण्ड सुनचाँदीको मूल्य घट्यो विद्युत् मर्मतका क्रममा करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु आणविक पनडुब्बीमा अस्ट्रेलियाको थप लगानी स्वास्थ्य बीमा बोर्डद्वारा २०८२ पुससम्म २५ अर्बभन्दा बढी दाबी भुक्तानी निर्यात प्रवर्द्धनका चुनौतीबारे प्रधानमन्त्री शाहले उद्योगीसँग छलफल गर्ने एचसीसीएनको डीनमा सुरज वैद्य निर्वाचितः आर्थिक कुटनीति र लगानी प्रवर्द्धनलाई प्राथमिकता दिने घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा एसभित्र वैचारिक मतभेद छैन: राजेन्द्र पाण्डे



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्र पाण्डेले पार्टी भित्र बैचारिक मतभेद नभएको दाबी गर्नुभएको छ ।

पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनमा एउटै दस्ताबेज तयार भएकाले पनि पार्टी भित्र वैचारिक मतभेद भएको भनेर भन्न नमिल्ने उहाँको तर्क थियो । मंगलवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुले अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच बैचारिक मतभेद रहेको छ नि ? भनेर प्रश्न गरेका थिए ।

उपाध्यक्ष पाण्डेले सबै नेताहरु मिलेर महाधिवेशनमा प्रश्तुत गर्नका लागि एउटै दस्तावेज बनाएकाले त्यसो भन्न नसकिने बताउनु भयो । उहाँले नेताहरुबीच पार्टी नेतृत्वको लागि पहल हुनुलाई भने स्वभाविक रुपमा लिनुपर्ने बताउनुभयो ।

उपाध्यक्ष पाण्डेले भन्नुभयो, ‘पार्टी भित्र बैचारिक मतभेद छ भन्नेकुरा भन्नेकुरा मात्रै हो जस्तो लाग्छ । किनभने वैचारिक मतभेद भए त दुई वटा दस्तावेज छुट्टै बन्थ्यो होला नि । दस्तावेज त सबै सल्लाह मिलाएर एउटै दस्तावेज बनेको छ त बैचारिक मतभेद कहाँ छ भन्ने ? पहिला त यो पटकपटक राजदूतहरु फेरिरहने, पठाउने, त्यहाँ बुझ्न नपाउँदै फेरि हाल्ने कुराले नेपालको राजनीतिक स्थिति, नेपालमा राजनीतिक स्थिरता भयो, तपाईहरु लगानी गर्न आउनुस भनेर जो हामी भन्ने गर्छौ । त्यो कुरालाई खण्डन गर्छ । तर सरकारले राजदुत राख्न पनि सक्छ, फेर्न पनि सक्छ । त्यो स्वभाविक कुरा हो । ’

फरक प्रसंगमा उपाध्यक्ष पाण्डेले राजदुत फिर्ता बोलाउने सरकारको निर्णय स्वभाविक भएको प्रतिक्रिया दिनुभयो ।