• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

‘मिर्जापुर ३’ को टिजर रिलिज, कहिले आउँदैछ तेस्रो सिजन ?



एजेन्सी । वेब सिरिज ‘मिर्जापुर’ को तेस्रो सिजनको टिजर सार्वजनिक भएको छ । डेढ मिनेटको यो टिजरमा मिर्जापुरलाई जङ्गल र त्यहाँ बस्ने मानिसलाई जनावरसँग तुलना गरिएको छ ।

सम्पूर्ण टिजरमा दुईवटा कुरा विशेष छन् । पहिलो त ‘कालिन भैया’ फर्किँदै छन् र उनलाई घाइते सिंह झैं प्रस्तुत गरिएको छ । दोस्रो, यस सिजनमा अघिल्लो सिजनका दड्डा त्यागी, शंकुतला शुक्ला र लाला जस्ता धेरै पात्रहरूले आफ्नो बदला लिनेछन् ।

टिजरमा सत्यानन्द त्रिपाठीको भूमिका निभाएका अभिनेता कुलभूषण खरबन्दको भ्वाइस ओभर सुनिएको छ ।

यसमा पंकज त्रिपाठी, अली फजल, रसिका दुग्गल, विजय वर्मा, श्वेता त्रिपाठी, ईशा तलवार, लिलिपुट, मेघना मलिक, मनु ऋषि र शीबा चड्डा आ–आफ्नो भूमिकामा देखिएका छन् ।

‘मिर्जापुर’ को पहिलो सिजन २०१८ मा र दोस्रो सिजन २०२० मा रिलिज भएको थियो । अब यसको तेस्रो सिजन जुलाई ५ मा रिलिज हुँदैछ ।