५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

देवी प्याकुरेलको गजल : जिन्दगीको घमण्ड धुवाँ धुवाँ भएरै सकिन्छ



अ+ अ-

जिन्दगीको घमण्ड धुवाँ धुवाँ भएरै सकिन्छ । 
धुवाँ हावा अनि हावा जीवन भएरै सकिन्छ । 
 
कलम मात्र दिएको हुँ, मसि त आफैले जोहो गरेस
तेरो मेरो भन्दा भन्दै कसैको नभएरै सकिन्छ । 

धेरै धेरै पहिलेको कुरा हो, मुना मदन भन्दा पछिको 
कयौं सम्बन्धहरु अचेल भोट नगएरै सकिन्छ । 

चिसो छ यो हावा,चैतमा तातो हुन्छ यहीँ आखिरी 
पोल्दछ मायाले तर पनि जलन सहेरै सकिन्छ । 

एउटा सत्य थाहाँ नै छ, जन्मीने मर्दछ अवश्य
हुन्छ कथा व्यथा सबैको तर नकहरै सकिन्छ । 

देवी प्याकुरेल “आकाशको बादल”
सुनसरी