३ बैशाख २०८२, बुधबार
April 16, 2025 Wednesday

24.27°C

काठमाडौं

24.27°C

Kathmandu

Feels-like: 24.06

Wind: 5.14

Humidity: 50

Latest
सरकारसँग विश्वप्रकाश शर्माका असहमतिका सात बुँदा राष्ट्रपतिबाट संसद अधिवेशन आह्वान हङकङ ११५ मा अलआउट, नेपाललाई ११६ रनको लक्ष्य कर वृद्धिबारे निर्णय अब चीनको हातमाः ट्रम्प ‘आन्दोलनमय राजधानीः अस्तव्यस्त सडक, मारमा जनता’ एकले अर्कोलाई निषेध गर्नुभन्दा एक अर्काका गुण सिकेर अघि बढौँः अध्यक्ष भट्टराई सिरहामा महिलाको मृत्यु प्रकरणबारे छानबिन गर्न गृहमन्त्रीको निर्देशन सगरमाथा क्षेत्रमा पर्यटक आगमन वृद्धिः चैतमा १२ हजार भित्रिए सुनको मूल्य निरन्तर उकालोः आज तोलाको रू एक लाख ८७ हजार कायम स्व. न्यौपाने निष्ठावान, संघर्षशील र लोकतन्त्रवादी अनुयायी हुनुहुन्थ्योः देउवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

१० महिनामा करिब १२ खर्ब विप्रेषण भित्रियो



अ+ अ-

काठमाडौँ । चालु आर्थिक वर्षको १० महिनासम्म करिब १२ खर्ब विप्रेषण भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको वैशाख मसान्तसम्मको विवरणअनुसार सो अवधिमा विप्रेषण आप्रवाह १९ दशमलव दुई प्रतिशतले वृद्धि भए रु ११ खर्ब ९८ अर्ब ६० करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २३ दशमलव चार प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७ दशमलव एक प्रतिशतले वृद्धि भई नौ अर्ब दुई करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३ दशमलव चार प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या तीन लाख ७४ हजार आठ सय ८७ र पुन: श्रम स्वीकृति लिनेको सङ्ख्या दुई लाख ३७ हजार  आठ सय ९३ रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमश: चार लाख २१ हजार दुई सय ७९ र दुई लाख ३८ हजार नौ सय ७६ थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर १७ दशमलव दुई प्रतिशतले वृद्धि भई रु १३ खर्ब एक अर्ब ७२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २२ दशमलव पाँच प्रतिशतले बढेको थियो ।