८ श्रावण २०८३, शुक्रबार
,
Latest
सुनचाँदीको मूल्य घट्यो विद्युत् मर्मतका क्रममा करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु आणविक पनडुब्बीमा अस्ट्रेलियाको थप लगानी स्वास्थ्य बीमा बोर्डद्वारा २०८२ पुससम्म २५ अर्बभन्दा बढी दाबी भुक्तानी निर्यात प्रवर्द्धनका चुनौतीबारे प्रधानमन्त्री शाहले उद्योगीसँग छलफल गर्ने एचसीसीएनको डीनमा सुरज वैद्य निर्वाचितः आर्थिक कुटनीति र लगानी प्रवर्द्धनलाई प्राथमिकता दिने घोषणा आर्थिक कुटनीति र वैदेशिक लगानी अभिवृद्धिमा सक्रिय हुन अवैतनिक वाणिज्यदुतहरूलाई परराष्ट्रमन्त्रीको आग्रह प्रधानमन्त्री शाह निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्नुहुँदै लाल सागरमा साउदी अरबका दुई तेल ट्याङ्करमाथि आक्रमण गरेको हुथी समूहको दाबी थाइल्याण्डमा सुरक्षा चेकपोइन्टमा आक्रमणः ५ सैनिकको मृत्यु, ६ सर्वसाधारण घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

७ दिन भित्र भाडाका सटर खालि गराउन सामुदायिक विद्यालयलाई कामनपाको अल्टिमेटम



अ+ अ-

काठमाडौँ । काठमाडौं महानगरपालिकाले महानगरपालिका भित्रका सामुदायिक विद्यालयले भाडामा लगाएका सटरहरु ७ दिन भित्र खालि नगरे कारबाही गर्ने चेतावनी दिएको छ ।

सोमवार महानगरपालिकाले बानेश्वरस्थित बानेश्वर रत्नराज्य माध्यमिक विद्यालय लगायतका सामुदायिक विद्यालयहरुले भाडामा दिएका सटरहरु खालि गर्न निर्देशन दिएको हो । सात दिन भित्र व्यवसायिक प्रयोजनका सटरहरु खालि नगरे कारबाही प्रक्रिया अघि बढाउने महानगरले जनाएको छ ।

अनुगनका क्रममा काठमाडौं महानगरपालिकाका शिक्षा अधिकृत केशव ज्ञवालीले काठमाडौं महानगरपालिका सामुदायिक विद्यालयहरुमा विभिन्न खालका टहरा र सटर बनाएर भाडामा लगाउने र भाडा लिने गरेको बताउनु भयो । उहाँले महानगरभित्र ३७ वटा विद्यालयले सटर भाडामा दिएको बताउनु भयो । सामुदायिक विद्यालयमा अहिले विद्यार्थीको चाप बढेको र विद्यार्थीहरुलाई कक्षा कोठा साँघुरो भएकाले महानगरपालिकाले विद्यालयको स्थान विद्यार्थीहरुका लागि नै प्रयोजन गर्ने हेतु यो नीति लिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘काठमाडौं महानगरपालिकाको एउटा नीति छ, यो विद्यालयहरुमा विभिन्न खालका टहरा र सटर बनाएर भाडामा लगाउने र त्यो भाडा लिने जुन एउटा चलिरहेको छ, ३७ वटा स्कुलमा त्यस्तो देखिएको छ । अहिले महानगरको नीतिअनुसार त्यो भाडामा लगाएको सटरलाई खालि गर्ने र सामुदायिक विद्यालयमा विद्यार्थीको चाप एकदमै बढ्दो छ । ति कक्षाकोठामा विद्यार्थी खचाखच भएका छन् । उनीहरुको बसाई र खेल्ने ठाउँ व्यवस्थापनको लागि ३७ विद्यालयमा हिजोदेखि क्रमश: बन्द गर्दै हिँडेका छाँै । सात दिनको म्याद दिएका छौँ सामान सार्न । त्यो समयसम्म नसारे अर्को प्रक्रिया अघि बढ्छ । विद्यालयको सम्पती बालबालिकाको अधिकतम हितमा प्रयोग हुनुपर्ने भएकाले सोहीअनुसार अघि बढेको हो ।’

महानगरले आईतवारबाट यस अभियान अघि बढाएको हो । यो अभियानले साँघुरो भएको विद्यालयहरुलाई खेल स्थानको व्यवस्थापन र कक्षा कोठा बिस्तार गर्न सहयोग पुग्ने बताइएको छ ।