• २ श्रावण २०८१, बुधबार
  •      Wed Jul 17 2024
  •   Unicode
Logo
Latest
★   चैते धान खेती गर्ने कृषकलाई अनुदान ★   नेपाल प्रतिभाहरु भएको देश होः प्रधानमन्त्री ओली ★   खानेपानीमन्त्री यादव र एडिबीका देशीय निर्देशक अर्नाउडबीच भेट ★   निजी क्षेत्रको विश्वास बढाउन पहल गर्छुः उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेल – आर्थिक पुनरुत्थान निजी क्षेत्रको… ★   सिमलताल घटनाः उच्चस्तरीय प्रविधिबाट बेपत्ताको खोजी गर्न कार्यदललाई सुझाव ★   ऊर्जामन्त्री खड्कासँग भारतीय राजदूतको शिष्टाचार भेट ★   प्रधानमन्त्री ओलीद्वारा छिन्नलता पुरस्कार प्रदान ★   नेपाल आईसीसी ‘डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर अवार्ड’बाट सम्मानित ★   वाईवाईद्वारा क्रिकेट टोलीलाई १० लाख रूपैयाँ हस्तान्तरण ★   विज्ञापन बजारमा रहेको चुहावट नियन्त्रण गर्न मन्त्री गुरुङ्गको निर्देशन

वेस्ट इन्डिज पुगेर सन्दीपले भने – मेरो सपना र सबै क्रिकेट प्रेमीहरूको सपना पूरा गर्न तत्पर छु



काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने टी–२० विश्वकपमा सहभागी हुन वेस्ट इन्डिज पुगेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफू वेस्ट इन्डिज पुगेको जानकारी गराएका छन् ।

उनले लेखेका छन्, ‘मलाई अमेरिकाको भिसा प्राप्त गर्न सहयोग गरेकोमा सर्वप्रथम म नेपाल सरकार, परराष्ट्र मन्त्रालय, खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्, र नेपाल क्रिकेट संघ (क्यान) लाई धन्यवाद दिन चाहन्छु तर दुर्भाग्यवश त्यो सफल हुन सकेन । तर ती सबै कुरालाई पन्छाएर, म अब वेस्ट इन्डिजमा अन्तिम दुई खेलका लागि राष्ट्रिय टोलीमा आबद्ध छु र मेरो सपना र सबै क्रिकेट प्रेमीहरूको सपना पूरा गर्न तत्पर छु ।’

उनी अगाडि लेख्छन् – , ‘मेरो सहयात्रालाई सम्भव बनाउनका लागि क्यान अध्यक्ष चतुरबहादुर चन्द सर, सचिव तथा मेरो प्यारो पारस खड्का दाइ, मेरो वकिल सरोज घिमिरे दाइ, विनोद दास दाइ र प्रबल दाइ र प्रिय बालकृष्ण दाइलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।’

अध्यक्ष चन्द र सचिव पारस खड्काको छवि धुमिल बनाउने प्रयासबाट आफू दुःखी भएको पनि उनले उल्लेख गर्दै क्यान र नेपाली क्रिकेटको छवि खराब गर्ने प्रोपोगान्डाको पछि नलाग्न आग्रह गरेका छन् । ‘चतुर सर र पारस दाई जस्ता महत्वपूर्ण व्यक्तित्वहरूको जानाजानी छविमा खराब गर्ने देखेर म निराश छु, जसले मेरो पुनरागमनलाई सम्भव बनायो ।’ उनले भनेका छन् ।

यस्तै, सन्दीपले आफ्नो भिसा सम्बन्धी सबै झूटा प्रचारको पछि नलाग्न आग्रह गर्दै मानिसहरूले क्यान र नेपाल क्रिकेटको छविलाई कलंकित गर्न प्रयोग गरिरहेको भन्दै त्यसमा दुःख व्यक्त गरेका छन् ।

सबै क्रिकेट फ्यानहरू र जसले आफ्नो लागि प्रार्थना गरे, आफू सधैं आशीर्वादको लागि आभारी रहने सन्दीपले बताएका छन् ।

सन्दीप वेस्ट इन्डिजमा हुने दक्षिण अफ्रिका र बंगलादेशविरुद्धको दुई खेलमा सहभागी हुनेछन् ।