१४ श्रावण २०८३, बिहीबार
,
Latest
सर्वपक्षीय बैठक : मोरङमा सद्भाव र्‍याली निकालिने सुर्खेतमा अटोको ठक्करबाट पैदल यात्रीको मृत्यु पूर्वी जिल्लाका सांसदहरुलाई रास्वपाको निर्देशन–गृह जिल्ला फर्किएर सामाजिक सद्भाव कायम गर्न भुमिका खेल्नू खल्तीमार्फत डिम्याट तथा मेरो शेयर नवीकरण गर्दा १००% क्यासब्याकको अवसर देवानगञ्ज घटना निष्पक्ष छानबिन, पीडितलाई क्षतिपूर्ति र सामाजिक सद्‌भावमा राख्न मधेसवादी दलको आव्हान स्केटिङको एसियाड तयारी थाइल्यान्डमा थप चार स्थानीय तहमा मालपोत सेवा विस्तार चितवन राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या वृद्धि शान्तिसुरक्षा कायम गर्न मुख्यमन्त्री यादवद्वारा अपिल शान्ति र सद्भाव कायम राख्न नेपाल चेम्बर अफ कमर्सको अपिल
तपाईं के खोज्दै हुनुहुन्छ ?

समाचारमा स्रोत उल्लेख नगर्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्छः अध्यक्ष बस्नेत



photo:rss
अ+ अ-

काठमाडौँ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले समाचारमा स्रोत उल्लेख नगर्ने र अनधिकृतरुपमा समाचार प्रयोग गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिनुभएको छ ।

‘सञ्चारमाध्यमसँग प्रेस काउन्सिल’ कार्यक्रमअन्र्तगत आज राष्ट्रिय समाचार समिति (रासस)को केन्द्रीय कार्यालय भद्रकालीमा आयोजित अन्तरक्रियामा अध्यक्ष बस्नेतले पत्रकारितामा हुने चोरी र हुबहुलाई निरुत्साहित गर्दै पत्रकारहरु सृजनशील र व्यावसायिक हुनुपर्ने धारणा राख्नुभयो ।

सञ्चारमाध्यम आफैले पनि स्वनियमन र पृष्ठपोषणका लागि संयन्त्र बनाउन आवश्यक रहेको उहाँको भनाइ थियो । “प्रेस काउन्सिल नेपालले आचारसंहिता पालना नगर्ने सञ्चारमाध्यमलाई सचेत गराउने, स्पष्टीकरण सोध्ने र कारबाहीलगायतका काम गर्दै आएको छ”, उहाँले भन्नुभयो ।

पत्रकारितामा ‘कपिपेस्ट’ गर्ने प्रवृत्ति विकराल छ रहेको भन्दै यसलाई निरुत्साहित गराउन काउन्सिलको संयन्त्रले निरन्तर काम गरिरहेको उहाँले जानकारी दिनुभयो । उहाँले राससबाट सम्प्रेषित समाचार, तस्बिर र भिडियोहरु स्रोत उल्लेख नगरी प्रयोग गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न आवश्यक भएको बताउनुभयो ।

राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले पनि आमसञ्चारमाध्यमले स्वनियमनको संयन्त्र बनाउन जरुरी रहेको बताउनुभयो । “रासस वनियमनको पक्षमा छ । राससले शैली पुस्तिकामार्फत स्वनियमनको अभ्यास अघि बढाएको छ”, उहाँले भन्नुभयो । उहाँले प्रविधिको विकाससँगै पत्रकारितामा थपिएको चुनौतिलाई सामना गर्दै पत्रकारिताको विकासमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

राससका महाप्रबन्धक सिद्धराज राईले पत्रकारितालाई व्यावसायिक, मर्यादित, जवाफदेही एवं उत्तरदायी बनाउन काउन्सिलसँगको सहकार्य महत्वपूर्ण भएको धारणा राख्नुभयो ।

काउन्सिलले विभिन्न सञ्चारमाध्यमको कार्यालयमै पुगेर पत्रकारिता आचारसंहिता, सञ्चारमाध्यमको गुनासो, जिज्ञासालगायतका विषयमा अन्तरक्रिया गर्दै आएको छ ।

अन्तरक्रियामा पत्रकारिताका चुनौती, समाचारको लेखन शैली, समाचारमा स्रोतको प्रयोग, पत्रकारिताले बेहोरिरहेका समस्या र समाधानका विषयमा छलफल भएको थियो । रासस