५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

समाचारमा स्रोत उल्लेख नगर्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्छः अध्यक्ष बस्नेत



photo:rss
अ+ अ-

काठमाडौँ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले समाचारमा स्रोत उल्लेख नगर्ने र अनधिकृतरुपमा समाचार प्रयोग गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिनुभएको छ ।

‘सञ्चारमाध्यमसँग प्रेस काउन्सिल’ कार्यक्रमअन्र्तगत आज राष्ट्रिय समाचार समिति (रासस)को केन्द्रीय कार्यालय भद्रकालीमा आयोजित अन्तरक्रियामा अध्यक्ष बस्नेतले पत्रकारितामा हुने चोरी र हुबहुलाई निरुत्साहित गर्दै पत्रकारहरु सृजनशील र व्यावसायिक हुनुपर्ने धारणा राख्नुभयो ।

सञ्चारमाध्यम आफैले पनि स्वनियमन र पृष्ठपोषणका लागि संयन्त्र बनाउन आवश्यक रहेको उहाँको भनाइ थियो । “प्रेस काउन्सिल नेपालले आचारसंहिता पालना नगर्ने सञ्चारमाध्यमलाई सचेत गराउने, स्पष्टीकरण सोध्ने र कारबाहीलगायतका काम गर्दै आएको छ”, उहाँले भन्नुभयो ।

पत्रकारितामा ‘कपिपेस्ट’ गर्ने प्रवृत्ति विकराल छ रहेको भन्दै यसलाई निरुत्साहित गराउन काउन्सिलको संयन्त्रले निरन्तर काम गरिरहेको उहाँले जानकारी दिनुभयो । उहाँले राससबाट सम्प्रेषित समाचार, तस्बिर र भिडियोहरु स्रोत उल्लेख नगरी प्रयोग गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न आवश्यक भएको बताउनुभयो ।

राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले पनि आमसञ्चारमाध्यमले स्वनियमनको संयन्त्र बनाउन जरुरी रहेको बताउनुभयो । “रासस वनियमनको पक्षमा छ । राससले शैली पुस्तिकामार्फत स्वनियमनको अभ्यास अघि बढाएको छ”, उहाँले भन्नुभयो । उहाँले प्रविधिको विकाससँगै पत्रकारितामा थपिएको चुनौतिलाई सामना गर्दै पत्रकारिताको विकासमा लाग्नुपर्नेमा जोड दिनुभयो ।

राससका महाप्रबन्धक सिद्धराज राईले पत्रकारितालाई व्यावसायिक, मर्यादित, जवाफदेही एवं उत्तरदायी बनाउन काउन्सिलसँगको सहकार्य महत्वपूर्ण भएको धारणा राख्नुभयो ।

काउन्सिलले विभिन्न सञ्चारमाध्यमको कार्यालयमै पुगेर पत्रकारिता आचारसंहिता, सञ्चारमाध्यमको गुनासो, जिज्ञासालगायतका विषयमा अन्तरक्रिया गर्दै आएको छ ।

अन्तरक्रियामा पत्रकारिताका चुनौती, समाचारको लेखन शैली, समाचारमा स्रोतको प्रयोग, पत्रकारिताले बेहोरिरहेका समस्या र समाधानका विषयमा छलफल भएको थियो । रासस