१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar मधेसमा स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तारका लागि रामराजाप्रसाद सिंह प्रतिष्ठान आवश्यक : मन्त्री मेहता News Polar बाढीमा बेपत्ता ट्रक–कन्टेनरको कागजात र बीमा पोलिसी बुझाउन आग्रह News Polar रसुवाका १३ वटा बालमैत्री केन्द्रमा ४६२ बालबालिका आश्रित News Polar वैकल्पिक ऊर्जा केन्द्रद्वारा ४५ इन्जिनियरलाई ऊर्जा सञ्चय प्रणालीसम्बन्धी तालिम News Polar थुनिएको मस्र्याङ्दी नदी खोल्ने कार्य सुरु News Polar थुनिएको मर्स्याङ्दी नदी खोल्ने कार्य सुरु News Polar उच्च शिक्षा छात्रवृत्ति र विद्यालय शिक्षाको गुणस्तर सुधारमा नेसनल प्याब्सन–मधेश विश्वविद्यालय सहकार्य हुने News Polar ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ स्वीकृत News Polar शशांक कोइराला संयोजक रहेको १५ औँ महाधिवेशन आयोजक समितिले ओखलढुंगाका दुवै प्रदेशमा तोक्यो कमाण्डर News Polar रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य सेवा र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड News Polar आज विश्व मुटु दिवसः ‘कुनै पनि पल नछुटाउनुहोस्’ News Polar पदाधिकारी पदमुक्तिसम्बन्धी व्यवस्था कानुनी रूपमा पुनः सक्रिय गर्न विधेयक ल्याइएको मन्त्री गौतमको भनाइ News Polar मार्तडी–कोल्टी सडकखण्ड खुलाउन सुरु News Polar उत्पादनको ७० प्रतिशत निर्यात नगरेका उद्योगलाई कारबाही News Polar ३ बजे मन्त्रिपरिषद्को बैठक आज बस्दै News Polar सुनचाँदीको मूल्य घट्यो News Polar चार दिनको वर्षा: पाँच सय ४२ विपद्का घटना News Polar ८५ संस्थालाई नेतृत्वविहीन बनाउने गरी अध्यादेश ल्याएको भन्दै सांसद शर्माको आलोचना News Polar ‘केही नेपाल ऐन व्यवस्था जगाउने विधेयक’ कानूनी सिद्धान्तविपरीत : सांसद कँडेल News Polar केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास

व्यावसायिक कृषिमा आकर्षित हुँदै कोदारका किसान

व्यावसायिक कृषिमा आकर्षित हुँदै कोदारका किसान
अ अ+ अ-

भोजपुर । भोजपुर नगरपालिका–७ वडा कार्यालय कोदारले किसानका लागि ‘प्रोत्साहन कार्यक्रम’ सञ्चालन गरेपछि यहाँका किसान व्यावसायिक कृषिमा आकर्षित हुँदै गएका छन् ।

पराम्परागत खेती गरिरहेका किसानलाई वडा कार्यालयले अनुदानसँगै प्राविधिक सहयोगका तथा प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गरेपछि व्यावसायिक खेतीमा जुटेका हुन् । वडाले प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गरेसँगै व्यावसायिक खेती गर्न थालेको ललिता केसीले बताउनुभयो । कार्यक्रमअन्तर्गत अनुदानमा बीउ वितरण, परामर्श, आवश्यक प्राविधिक सहयोग हुँदै आएको भन्दै पछिल्लो समय खेती विस्तारमा सहज भएको उहाँको भनाइ छ ।

“वडाको सहयोगले व्यावसायिक तरकारी खेतीमा लाग्न प्रोत्साहन मिलेको छ”, केसीले भन्नुभयो, “तरकारीसँगै नगदेबाली उत्पादन गरेर मनग्ये आम्दानी भइरहेको छ । उत्पादित सामग्री भोजपुर बजारमा लगेर बिक्री वितरण गर्ने गरेका छौँ ।” विगतमा परम्परागतरुपमा खेती गर्दा आम्दानी कम हुने गरेको जनाउँदै उहाँले अनुदान, बीउ तथा प्राविधिक सहयोग पाएपछि थप सहजता भएको बताउनुभयो ।

आधुनिक प्रविधिको प्रयोग गरी खेती गर्दा प्रशस्त उत्पादन हुने गरेको किसान केसीले अनुभव सुनाउनुभयो । “खेती गर्छु भनेर मात्र नहुँदो रहेछ । कृषिसम्बन्धी सीप र ज्ञान भएमा तरकारी खेतीबाट मनग्ये आम्दानी लिन सकिन्छ”, उहाँले भन्नुभयो, “रोग, किरा, उन्नत जातको बीउलगायत विषयमा वडाबाट आवश्यक प्राविधिक सहयोग पाइरहेका छौँ ।”

तरकारी खेतीका लागि अनुदानमा प्लास्टिक टनेल वितरणसँगै उन्नत जातको बीउसमेत पाएपछि सहज भएको किसान रामकुमार नेपालीले बताउनुभयो । वडा र नगरको सहयोगमा करिब रु तीन लाख बराबरको टनेल पाएकाले अहिले व्यावसायिक रुपमा टमाटर खेती गरिरहेको उहाँले जानकारी दिनुभयो ।

वडाभित्रका किसानको पहिचान गरेर उनीहरुलाई व्यावसायिक बनाउने उद्देश्यले प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गरिएको वडा कार्यालयले जनाएको छ । कोदार क्षेत्र भौगोलिक रुपमा उर्वरभूमि रहेकाले कृषिलाई प्राथमिकतामा राखेर काम गरिरहेको वडाध्यक्ष जयबहादुर तामाङले बताउनुभयो । व्यावसायिक खेतीका लागि माटो सुहाँउदो बाली लगाउन प्रोत्साहन गरिने उहाँले उल्लेख गर्नुभयो ।

बजार क्षेत्रबाट नजिकको स्थान कोदार रहेकाले तरकारी तथा नगदेबालीमा नमूना बनाउने योजनाका साथ काम गरिररहेको वडाध्यक्ष तामाङले जानकारी दिनुभयो । “कोदार क्षेत्र तरकारी खेतीका लागि उर्वर भूमि मानिन्छ । यहाँ उत्पादन भएको तरकारी स्थानीय बजारमा खपत हुने अवस्था छ”, उहाँले भन्नुभयो, “किसानलाई व्यावसायिक उत्पादनसँग जोडेर आयस्तरमा वृद्धि गर्ने सोचका साथ कृषिमा लगानी गरिरहेका छौँ ।”

वडा कार्यालयले आवश्यक सहयोग गरेसँगै व्यावसायिक कृषिमा लाग्नेको सङ्ख्या बढ्दै गएको वडाध्यक्ष तामाङले बताउनुभयो । “यहाँका अधिकांश किसानले तरकारी खेती गर्नुहुन्छ तर वडाको अनुदान लिएर ३५ जना किसानले व्यावसायिक खेती गरिरहनुभएको छ”, उहाँले भन्नुभयो ।

केही समयमा अघि आएको हुरीले किसानले लगाएको टनेलमा क्षति पुगेकाले अनुगमन गरेर आगामी आर्थिक वर्षमा सहयोग गरिने वडाध्यक्ष तामाङले जानकारी दिनुभयो । यहाँका एक सयभन्दा बढी किसानलाई टनेलका साथै विभिन्न तालिम, सिँचाइका लागि पाइप, उन्नत जातको बीउलगायत सामग्री वितरण गर्दै आइएको उहाँको भनाइ छ ।

“हामीले यहाँको माटो अनुसारको बालीमा जोड दिएका छौँ । किसानको आवश्यकताका आधारमा सहयोग गरिरहेका छौँ”, वडाध्यक्ष तामाङले भन्नुभयो, “वडाले गरेको कामको प्रतिफल पनि आइरहेको छ । अहिले व्यावसायिक कृषिमा लाग्नेको सङ्ख्या बढ्दै गएको पाएका छौँ ।” उत्पादित कृषि उपजको बजारीकरणमासमेत वडाले सहयोग गर्ने उहाँले बताउनुभयो । सीमित बजेट हुँदा पनि स्थानीयको आवश्यकताअनुसार पूर्वाधार विकासका क्षेत्रमा योजनाबद्ध काम गरिरहेको उहाँले जानकारी दिनुभयो ।