• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

कर्णालीको झोलुंगे पुलको लठ्ठा चुँडियो, १४ खच्चड अड्किए



काठमाडौं । कर्णाली नदीमाथिको झोलुंगे पुलको लठ्ठा चुँडिन पुग्दा १४ वटा खच्चड पुलमै अड्किएका छन् ।

अछाम र दैलेख जिल्ला जोड्ने कर्णालीको झोलुंगे पुलको लठ्ठा चुँडिदा सामान बोकेर ल्याउँदै गरेको १४ वटा खच्चड पुलमै अड्किन पुगेका हुन् ।

पुलको एकतर्फि लठ्ठा चुँडिदा बिहानैदेखि खच्चड तारमा अड्किएको स्थानीयले जानकारी दिए ।

सुदूरपश्चिम र कर्णाली प्रदेशलाई जोड्ने पुल अछामको पञ्चदेवल बिनायक नगरपालिका ९ र दैलेखको आठबीस नगरपालिका ४ लाई समेत जोड्छ ।

घटनाबारे जानकारी पाउनासाथ उद्धारका लागि प्रहरीको टोली खटाइएको बताइएको छ ।