२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

छुरा प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ



अ+ अ-

काठमाडौं । भारत मोतीहारी घर भएका २५ वर्षीय कलाम मियाको छुरा प्रहार गरी हत्या गरेको अभियोगमा भारत सोही स्थानका सुबोध शर्मालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

काठमाडौं महानगरपालिका-१६ बाईपास ओरालोस्थित सडकमा सुबोधले मंगलबार राति छुरा प्रहार गर्दा गम्भीर घाइते भएका कलामको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो । 

छुरा प्रहार गरी फरार रहेका सुबोधलाई काठमाडौं फर्पिङस्थित चेकपोष्टमा ना.१ ज ७५६२ नम्बरको सुमो गाडीमा प्रहरीले फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।