४ पुष २०८२, शुक्रबार
,
Latest
बेनी–पाखापानी सडक योजना स्तरोन्नति अन्तिम चरणमा समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने साढे तीन सय हेक्टर बढी जग्गाको धनीपूर्जा हस्तान्तरण ‘टप्स’ समाचार वाचन प्रतियोगिताको उपाधि तेजस्वी र संस्कृत स्कुललाई रिहा पछि रविको प्रतिक्रिया: हिसाब मिलाउनै बाँकी छ चौध खेलाडीलाई छात्रवृत्ति प्रदान स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट ब्रिटिस काउन्सिलद्धारा नेपालमा आइइएलटिएस उपहार २०२५ का विजेताको घोषणा एमालेमा कार्यविभाजनको जिम्मेवारी सचिवालयलाई खानेपानी मन्त्रालयको जिम्मेवारी पनि श्रममन्त्री भण्डारीलाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना भाइरसको खतरा बढ्दै गएपछि जर्मनीमा कडा लकडाउनको घोषणा



अ+ अ-

काठमाडौँ। बेलायतपछि जर्मनीले कडा लकडाउन घोषणा गरेको छ । कोरोना भाइरसको खतरा बढ्दै गएपछि जर्मनीले देशव्यापी लकडाउन घोषणा गरेको हो। जर्मन चान्सलर एन्जेला मर्केलले विज्ञप्ति मार्फत जानकारी दिनुभएको छ।

कोरोना महामारीको शुरु भएदेखि जर्मनीमा ३० डिसेम्बर २०२० मा पहिलो पटक एक दिनमा एक हजार भन्दा बढी संक्रमित मृत्यु भएको थियो। राष्ट्रिय रोग नियन्त्रण, रोबर्ट कोच संस्थानले बुधबारमात्रै (हिजो) ११२९ जनाले कोरोनाका कारण ज्यान गुमाएको रिपोर्ट गरेको छ। यसको एक हप्ता अघि जर्मनीमा एक दिनमा ९६२ जनाको मृत्यु भएको थियो। जर्मनीमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३२ हजार १ सय ७ पुगेको छ।

चान्सलर एन्जेलाले भन्नुभयो, ’ हामी महिनाको अन्त्यसम्ममा देशव्यापी लकडाउन विस्तार गर्दैछौं र कोरोनो भाइरस संक्रमणलाई रोक्न कडा र नयाँ प्रतिबन्ध लगाउँदैछौं।’ जर्मनीमा १६ डिसेम्बरबाट विद्यालय अधिकांश पसलहरू बन्द गरिएपछि व्यापकरुपमा प्रतिबन्ध लगाइएको थियो। जसलाई १० जनवरीसम्म लागू गर्न आदेश दिइएको थियो। तर, यतिबेला संक्रमण र मृत्यु दर बढ्न थालेपछि यी प्रतिबन्धहरूलाई थप विस्तार गरिएको छ।

जर्मनीमा महामारीको पहिलो लहरको तुलनामा मृत्युदर तुलनात्मक रूपमा कम थियो, तर दोस्रो लहर आएपछि हालका हप्ताहरुमा मृत्यु हुनेको संख्यामा तिब्ररुपमा बढेको छ। यद्यपि, जर्मनीको मृत्यु दर प्रमुख युरोपेली देश इटाली, बेलायत, फ्रान्स र स्पेनको तुलनामा कम रहेको छ।