काठमाडौं । सवैधानिक इजलासमा रहेका न्यायाधीशमाथि नै प्रश्न उठेको छ । वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानमन्त्री केपी ओली पहिलोपटक प्रधानमन्त्री हुँदा महान्यायधिवक्ता रहेका हरिकृष्ण कार्कीले मुद्दा हेर्न नमिल्ने प्रश्न उठाएका हुन् ।
थापाले भने, ‘ओली प्रधानमन्त्री भएको बेलाका महान्यायाधिवक्तालाई न्यायाधीश राख्नुभएको छ, वकिलले प्रश्न उठाई सकेपछि उत्तर के त ?’
संसद विघटन असंवैधानिक रहेकाले बदर माग गर्दै परेका १३ रिटको सुनुवाई संवैधानिक इजलासमा जारी छ ।











