९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह

परिषद्द्वारा उत्कृष्ट सूचना प्रविधि उद्यमीलाई पुरस्कृत

परिषद्द्वारा उत्कृष्ट सूचना प्रविधि उद्यमीलाई पुरस्कृत
अ अ+ अ-

भक्तपुर। राष्ट्रिय युवा परिषद्ले छ जना उत्कृष्ट सूचना प्रविधि उद्यमी तथा स्टार्टअप व्यवसायीलाई जनही रु दुई लाखसहित पुरस्कृत गरेको छ ।

उक्त पुरस्कारबाट यार्सा टेक प्रालि पोखराकी सविता शर्मा, सात्भिका भान्साघर कैलालीकी महेश्वरीकुमारी सिंह, ई–कागजपत्र प्रालि ललितपुरका निकेश सिंह, सकल बायो इञ्जाइम नेपाल ललितपुरकी सरला महर्जन, भर्मिकाउ अर्गानिक्स कैलालीका आयुश अवस्थी र डियर सर ‘होम ट्युसन’ प्रालि काठमाडौँका रविकिरण श्रेष्ठ पुरस्कृत हुनुभएको हो ।

राष्ट्रिय योजना आयोगका सदस्य पुकार मल्लले पुरस्कार वितरण गर्दै नेपालमा युवा उद्यमशीलताको सम्भावना अत्यधिक रहेको बताउँदै उद्यमशीलता प्रवर्द्धनमार्फत देशभित्रै रोजगारी र समृद्धिको आधार निर्माण गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले जेनजी प्रदर्शनपछि बनेको नयाँ सरकारसँग नागरिकले आर्थिक उपलब्धि खोजिरहेका बताउँदै सरकारले यसतर्फ केन्द्रित भएर काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

परिषद्का प्रशासकीय प्रमुख गेहनाथ गौतमले युवा उद्यमीका नवीनतम् सोच, सीप र उद्यम कार्यलाई प्रोत्साहित गर्ने उद्देश्यले सम्मानस्वरुप छ जनालाई पुरस्कृत गरिएको बताउनुभयो । पुरस्कार वितरण कार्यक्रममा युवा, श्रम तथा रोजगार मन्त्रालयका सहसचिव हेमराज तामाङ, परिषद्का पूर्वउपाध्यक्ष सुरेन्द्र बस्नेतलगायतले मुलुकको समृद्धिका लागि ‘स्टार्टअप’ व्यवसाय तथा उद्यमप्रति आकर्षण बढाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा आवेदन दिएका मध्येबाट १५ वटा व्यवसायी छनोट गरी शुक्रबार कार्यालय हाताभित्र सूचना प्रविधि उद्यमी तथा स्टार्टअप व्यवसाय प्रदर्शनी गरिएको थियो । रासस