९ भाद्र २०८३, मंगलवार
,
Latest
ऐँसेलुखर्कमा तीन खानेपानी आयोजना सञ्चालन आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै स्वर्णिम जयन्ती मनाउँदै आजदेखि भृकुटीमण्डपमा सुरु हुँदैछ ‘नाडा अटाे साे २०२६’, यस्ताे छ मेलाकाे इतिहास ‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’ लुम्बिनीमा मन्त्रिपरिषद् पुनःगठनको सिफारिस सङ्घीयता सफल बनाउन प्रदेश र स्थानीय तहबीचको सहकार्यमा जोड गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, सत्र जना घाइते युरोपमा तापक्रम वृद्धिले लगातार रेकर्ड तोड्दै दक्षिण कोरियामा आगामी महिना गर्ने भनिएको संयुक्त समुद्री अभ्यास रद्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारिस



अ+ अ-

काठमाडौँ । संवैधानिक परिषद्ले मोरङका मानबहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्तमा सिफारिस गरेको छ ।

प्रधानमन्त्री बालेन शाहको अध्यक्षतामा आज बसेको परिषद्को बैठकले बैठकले रिक्त निर्वाचन आयुक्तमा डा राजीव सुब्बा (काठमाडौँ) र यही असार २३ गतेदेखि रिक्त हुने निर्वाचन आयुक्त पदमा गुरुप्रसाद वाग्ले (ओखलढुङ्गा)लाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको परिषद्का सदस्य एवं प्रतिनिधिसभाका उपसभामुख रुवीकुमारी कर्णले जानकारी दिनुभयो ।

संवैधानिक परिषद्ले प्रमुख निर्वाचन आयुक्त तथा निर्वाचन आयुक्तसहित विभिन्न संवैधानिक निकायका रिक्त पदमा योग्य व्यक्तिको नाम सिफारिस गर्ने संवैधानिक व्यवस्था छ ।