३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिटिजन्स बैंकद्वारा तिनाउ मिसनलाई प्राप्तिको अन्तिम सम्झौता



अ+ अ-

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसेनलले तिनाउ मिसन डेभलपमेण्ट बैंकलाई प्राप्ति गर्ने गरी आज अन्तिम सम्झौता पत्रमा हस्ताक्षर गरेको छ ।

सिटिजन्सको मुख्य कार्यालय नारायणहिटी पथमा आयोजित एक कार्यक्रमका बीच संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक प्रवलजंग पाण्डे र तिनाउ मिसनका तर्फबाट संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक राजेन्द्रप्रसाद ओझाले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सिटिजन्स बैंकले तिनाउ मिसनलाई प्राप्ति गरेपछि बैंककोे निक्षेप करिव १२४ अर्ब तथा ऋण लगानी करिव १०२ अर्ब रुपियाँ पुग्नेछ । प्राप्ति पश्चात बैंकको कुल १६३ शाखा हुनेछ । सहमति अनुसार, तिनाउ मिसनका शेयरधनीले १०० कित्ता शेयर बराबर सिटिजन्सको ९६ कित्ता शेयर पाउनेछन् । सिटिजन्स बैंकको हालको चुक्ता पूँजी ९ अर्ब ८१ करोड रुपैयाँ रहेकोमा प्राप्ति पछिको चुक्ता पूँजी ११ अर्ब ६६ करोड रुपैयाँ हुनेछ ।

दुवै बैंकले आ-आफ्नो विशेषरसाधारण सभाबाट प्राप्ति सम्बन्धी विशेष प्रस्ताव पारित गरी नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृति पछि एकीकृत कारोबार गर्ने जनाइएको छ । दुवै बैंकले गत कार्तिक १ गते प्राप्तिका लागि प्रारम्भिक समझदारीमा हस्ताक्षर गरेका थिए ।