६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिटिजन्स बैंकद्वारा तिनाउ मिसनलाई प्राप्तिको अन्तिम सम्झौता



अ+ अ-

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसेनलले तिनाउ मिसन डेभलपमेण्ट बैंकलाई प्राप्ति गर्ने गरी आज अन्तिम सम्झौता पत्रमा हस्ताक्षर गरेको छ ।

सिटिजन्सको मुख्य कार्यालय नारायणहिटी पथमा आयोजित एक कार्यक्रमका बीच संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक प्रवलजंग पाण्डे र तिनाउ मिसनका तर्फबाट संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक राजेन्द्रप्रसाद ओझाले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सिटिजन्स बैंकले तिनाउ मिसनलाई प्राप्ति गरेपछि बैंककोे निक्षेप करिव १२४ अर्ब तथा ऋण लगानी करिव १०२ अर्ब रुपियाँ पुग्नेछ । प्राप्ति पश्चात बैंकको कुल १६३ शाखा हुनेछ । सहमति अनुसार, तिनाउ मिसनका शेयरधनीले १०० कित्ता शेयर बराबर सिटिजन्सको ९६ कित्ता शेयर पाउनेछन् । सिटिजन्स बैंकको हालको चुक्ता पूँजी ९ अर्ब ८१ करोड रुपैयाँ रहेकोमा प्राप्ति पछिको चुक्ता पूँजी ११ अर्ब ६६ करोड रुपैयाँ हुनेछ ।

दुवै बैंकले आ-आफ्नो विशेषरसाधारण सभाबाट प्राप्ति सम्बन्धी विशेष प्रस्ताव पारित गरी नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृति पछि एकीकृत कारोबार गर्ने जनाइएको छ । दुवै बैंकले गत कार्तिक १ गते प्राप्तिका लागि प्रारम्भिक समझदारीमा हस्ताक्षर गरेका थिए ।