१९ भाद्र २०८३, शुक्रबार
,
Latest
कृष्णभीरमा पृथ्वीराजमार्गको नयाँ ट्रयाक खोल्न थालियो गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै जलवायु सङ्कटसँग जुध्न विकासशील मुलुकलाई थप वित्तीय तथा प्राविधिक सहयोग आवश्यकः एलडिसी त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका दुई जनालाई हेलिकप्टरमार्फत काठमाडौं पठाइयो पिकलबल विश्वकपमा नेपाललाई ऐतिहासिक कास्य, दावा सोनाम शेर्पाले रचे इतिहास भाद्र कृष्ण अष्टमीः बिहानैदेखि देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको लाम साल्ट ट्रेडिङद्वारा विपद् प्रभावितका लागि रु ६० लाख सहयोग भोटेकोशी बाढी प्रभावित व्यवसायीका लागि पुनरुत्थान प्याकेज स्वागतयोग्य : नाडा यी हुन् आजका अवरुद्ध प्रमुख राजमार्ग फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

चलचित्र ‘लण्डन टु पेरिस’को प्रिमियरः गरिमा भन्छिन्, ‘सुध्रिने मौका दिनुहोला’



अ+ अ-

काठमाडौँ । नेपाली चलचित्र लण्डन टु पेरिसको प्रिमियर भएको छ ।

बिहीवार साँझ काठमाडौंमा चलचित्रको प्रिमियर शो सम्पन्न भएको हो । सो अवसरमा उपसभामुख इन्दिरा रानासहित कलाकारहरुको उपस्थिति रहेको थियो । घनश्याम लामिछाने निर्देशित फिल्ममा निश्चल खड्का, साम्राज्ञी राज्यलक्ष्मी शाह, कविर खड्का, गरिमा शर्मा, रुष्मा थापा, मनिष श्रेष्ठ, लोकविक्रम मल्ल र मनिष गान्धीको अभिनय छ ।

यही फिल्ममार्फत निश्चल र गरिमाले नेपाली रजतपटमा डेब्यु गरेका हुन् । एबी इन्टरनेश्नलको प्रश्तुति रहेको फिल्ममा गौतम प्रोडक्शन र अर्चिड भेस फिल्मस् लिमिटेडको निर्माण सहकार्य रहेको छ । फिल्मको कथा, पटकथा र संवाद प्रदीप भारद्वाजले लेखेका हुन् । अमित बस्नेतले निर्माण गरेको फिल्ममा आरोन बस्नेत, एरियाना बस्नेत र परी राना निर्माता छन् । प्रिमियर शोपछि बोल्दै अभिनेता शोभित बस्नेतले लण्डन टु पेरिस ठूलो लगानीमा राम्रो चलचित्र बनेको बताउनु भयो ।

उहाँले विदेशमा भएर पनि नेपाली चलचित्रप्रतिको माया उल्लेख्य देखाइएको बताउनु भयो । उहाँले विदेशमा बसेर नेपाली चलचित्रप्रतिको लगाव देख्दा नेपाली चलचित्रकर्मीहरुले गरेको काम भन्दा राम्रो लागेको बताउनु भयो । अभिनेत्री गरिमा शर्माले सानो पर्दामा झैँ ठूलो पर्दाम डेब्यु गर्दा पनि माया पाउने आशा व्यक्त गर्नुभयो । उहाँले आफू ठूलो पर्दामा नयाँ भएकाले सुध्रिने अवसर दिन आग्रह गर्नुभयो ।

सनिश खकुरेल र अजित केआर थापा सह–निर्माता रहेको फिल्ममा अंकित गौतम, सुरज कुँवर र विजय भण्डारी कार्यकारी निर्माता छन् । रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मस्ले फिल्मलाई नेपालभर वितरण गर्नेछ ।

फिल्ममा अभेद परव र कुनाल कदमको डिओपी, हर्कुलश बस्नेत, एसडी योगी, बियोण्ड र सलिन मगरको संगीत, सजु चन्द्रनको सम्पादन, सुजिल कर्माचार्यको पाश्र्व संगीत, लङ्गनेस फर्नान्डेजको कोरियोग्राफी छ । लङ्नेस ओस्कार अवार्ड विजेता फिल्म ‘स्लमडग मिलेनियर’को गीत ‘जय हो’का कोरियोग्राफर हुन् । चलचित्र आजबाट देशभर प्रदर्शनमा आएको छ ।