• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

राजनीतिक लाभका लागि असम्भव योजनाहरु घोषणा नगरियोस्: सचेतक डाँगी



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक निशा डाँगीले राजनीतिक लाभका लागि असम्भव योजनाहरु घोषणा गर्ने गरिएको भन्दै त्यसरी घोषणा नगर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

बिहीवार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सचेतक डाँगीले अपर्याप्त स्रोतको धरातल थाहा हुँदाहुँदै राजनीतिक लाभका लागि असम्भव योजनाहरु घोषणा नगर्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो । उहाँले आधार बिनाको पूर्वाधारमा लगानी बन्द गर्नुपर्ने पनि बताउनु भयो । उहाँले राष्ट्रिय गौरवका आयोजना प्रधानमन्त्री वा मन्त्रीको व्यक्तिगत इच्छा वा चाहानामा नभइ निश्चित मापदण्डका आधारमा छनौट गर्नुपर्ने पनि बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘आधार बिनाका पूर्वाधारमा लगानी बन्द गरियोस् । अपर्याप्त स्रोतको धरातल थाहा हुँदाहुँदै राजनीतिक लाभका लागि असम्भव योजनाहरु घोषणा नगरियोस् । राष्ट्रिय गौरवका आयोजना प्रधानमन्त्री वा मन्त्रीको व्यक्तिगत इच्छा वा चाहनामा नभइ एउटा क्रंक्रिट मापदण्डका आधारमा छनौट गरियोस् । स्रोतको सुनिश्चितता बिना पूर्वाधार आंशिक लगानी गर्नु नागरिकको लागि धोका हो । यो प्रवृत्ति यसै वर्षबाट अन्त्य गरियोस् ।’

सांसद डाँगीले स्रोतको सुनिश्चितता बिना पूर्वाधारमा आंशिक लगानी गर्नु नागरिकको लागि धोका भएको भन्दै त्यस्तो प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताउनु भयो ।