• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
Latest
★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल ★   एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ ★   एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन पाउने ★   रवि लामिछानेले सोधे मुकुल ढकाललाई स्पष्टीकरण ★   चट्याङ लागेर महिलाको मृत्यु ★   हतारमा पार्टी एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छः प्रधानमन्त्री ★   एमालेबाट विद्रोह गरेर सही र न्यायोचित काम गर्यौँः अध्यक्ष नेपाल ★   सिएनएन निर्वाचन बहस: बाइडेन र ट्रम्पबीच नीतिभन्दा आरोप प्रत्यारोप बढी ★   हिना खानलाई स्तन क्यान्सर ★   कोशीमा १४ प्रतिशत रोपियो धान

गोर्खाका कृष्णप्रसाद अधिकारीको हत्या भएको १९ वर्ष पूरा, हत्यारालाई कारबाही भएन, आमा गंगामायाको सत्याग्रह जारी



काठमाडौं । गोर्खाको फुजेलका १७ वर्षीय बालक कृष्णसाद अधिकारीको निर्ममतापूर्वक हत्या गरिएको आज १९ वर्ष पूरा भएको छ ।

अधिकारीको २०६१ साल जेठ २४ गते हत्या भयो । चितवनको रत्ननगर बकुलहर चोकमा उनको गोली हानी हत्या गरिएको थियो । उनको हत्या भएको १९ वर्ष बितिसकेको छ । तर, हत्यारा को थिए ? अझै त्यो मुद्दा गर्भमै रहेको छ ।

यद्यपि, तत्कालीन चितवन माओवादी पार्टीको निर्देशनमा अधिकारीले सुराकी गरेको आरोपमा उनको हत्या गरिएको पार्टीले स्पष्टीकरण दिएको थियो । त्यतिखेर माओवादी युद्ध चरम उत्कर्षमा पुगेको थियो । उक्त हत्याकाण्ड माओवादी युद्धको एक विवादित हत्याकाण्ड भएको छ ।

हत्या भएका कृष्णप्रासाद अधिकारीका परिवारका तर्फबाट भने हत्या माओवादी पार्टीले नभई फुजेलकै छविलाल पौडेललगायतका मान्छेले कृष्णप्रसादको हत्या गरेको भन्दै उनीलगायत १३ जनाको नाममा किटानी जाहेरी दिएका थिए ।

त्यही आधारमा प्रहरीले अघि बढाएको मुद्दाका आरोपीहरु भने निर्दोष सावित भएका छन् । उच्च अदालत पाटन, हेटौंडा इजलासले अभियुक्तहरुलाई सफाइ दिने फैसला गरेको हो । यसअघि चितवन जिल्ला अदालतले पनि आरोपीहरु निर्दोष रहेको भन्दै सफाइ दिने निर्णय गरेको थियो ।

२०६१ जेठ २४ गते हत्या गरिएका छोरा कृष्ण अधिकारीका हत्यारालाई कारबाहीको माग गर्दै नन्दप्रसाद अधिकारीले अनशनको बाटो रोजेका थिए । उनले २०७० सालदेखि अनशन सुरु गरेका थिए । ३ सय ३२ दिन लामो अनशनपछि उनको वीर अस्पतालामा २०७१ असोज ६ गते निधन भएको थियो । अधिकारीको शवको अझै अन्त्येष्टि भएको छैन ।

दोषीलाई कारबाहीको माग गर्दै आमा गंगामाया अधिकारीले समेत अनशनकै बाटो रोजेकी थिइन् । अहिले पनि गंगामायाको सत्याग्रह जारी छ । तर न्याय पाएकी छैनन् । यो दिनलाई आजीजन सम्झी राख्न उनले हातमा टाटुसमेत खोपेकी छन् ।