१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवा बाढी प्रभावितको उद्धार र राहतमा तीव्रता दिने सरकारको निर्णय बाढी प्रभावित क्षेत्रका बासिन्दाका लागि नेपाल टेलिकमद्वारा निःशुल्क सेवा रसुवा बाढीपछि भन्सारका १४ कर्मचारी सम्पर्कविहीन, खोजी तथा उद्धार जारी भोटेकोशी बाढी : रसुवामा १२ जनाको उद्धार भोटेकोशी बाढी: त्रिशुली बजार र देवीघाट क्षेत्र प्रभावित- फोटो फिचर स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र सक्रिय, अस्पतालमा बेड तथा एम्बुलेन्स तयारी अवस्थामा विपद्को घडीमा सरकारलाई सघाउने विपक्षी दलको प्रतिबद्धता राष्ट्रपति पौडेलद्वारा भोटेकोशी बाढीप्रति दुःख व्यक्त, उद्धार र राहत तीव्र पार्न आग्रह राहत–उद्धारका हेलिकप्टरमा इन्धन भर्न त्रिशूलीमा हवाई इन्धनसहितको ट्यांकर परिचालन विपद्पछि उद्धारमा सरकारको तीव्रता, तीन हेलिकप्टरसहित सुरक्षा निकाय फिल्डमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोदीको सपथमा सहभागी हुन प्रधानमन्त्री दाहाल भारत जाने !



फाईल फोटो
अ+ अ-

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाले भारतमा नरेन्द्र मोदीले तेस्रो कार्यकालका लागि लिन लाग्नुभएको सपथ ग्रहण समारोहमा सहभागी हुन भारत जाने भएका छन् ।

भारतमा मोदीले शनिबार सपथ लिने तयारी गरेका छन् । मोदीले शनिबार विशेष समारोहकाबीच राष्ट्रपतिसमक्ष सपथ लिने छन । त्यही कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री दाहाल शनिबार बिहान नयाँ दिल्ली जाने भएका हुन् ।

प्रधानमन्त्री दाहाल, भुटानी राजा, श्रीलंकाका रास्ट्रपति, बंगलादेश तथा मौरिससका प्रधानमन्त्रीहरु पनि सपथ ग्रहण समारोहमा सहभागी हुने बताइएको छ ।

सन् २०१४ मा बीजेपीबाट एकल बहुमत आएको सरकार बनाएर सपथ गरेका मोदीले विदेशी सरकार तथा रास्ट्रप्रमुख बोलाएका थिए । त्यो बेला उनले सार्क देशलाई निम्तो दिएका थिए ।

त्यही बेलाबाट भारतको छिमेक पहिलो अर्थात् ‘नेबरहुड फस्र्ट’ विदेश नीति चर्चा गरिएको थियो । दशकपछि यो पटक शपथ ग्रहण समारोहमा भने मोदीले अफगानिस्तान तथा पाकिस्तानबाहेकका सार्क देशलाई मात्र बोलाएका छन् ।

चुनावमा भारतीय जनता पार्टीले आफ्नै बलमा बहुमत ल्याउन नसके पनि पार्टी नेतृत्वको गठबन्नले २ सय ९३ सिट जितेको छ । सरकार बनाउन तल्लो सदनमा बहुमतका लागि २ सय ७२ जना चाहिन्छ ।

भाजपा नेतृत्वको एनडीए गठबन्धनले मोदीलाई प्रधानमन्त्री बनाउने निर्णय गरिसकेको छ ।