२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय

फुटबल प्रतियोगिताको फाइनलमा भोजपुरको खावा र खोटाङको रतन्छा

फुटबल प्रतियोगिताको फाइनलमा भोजपुरको खावा र खोटाङको रतन्छा
अ अ+ अ-

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पामा जारी ‘नेर्पा भुलभुले प्रथम च्यालेन्ज फुटबल कप’को फाइनलमा भोजपुरको खावा र खोटाङको रतन्छा भिड्ने भएको छ । पाँच दिनदेखि जारी अन्तर वडास्तरीय जिल्लाकै ठूलो पुरस्कार राशिको प्रतियोगिताअन्तर्गत आज हुने फाइनल खेलमा साकेला गाउँपालिका–२ रतन्छा र टेम्केमयुम गाउँपालिका–५ खावा भिड्ने भएका हुन् ।

नेर्पा स्पोर्टस क्लबको आयोजनामा नेर्पास्थित सन्सारीडाँडा खेल मैदानमा बिहीबार सञ्चालित खेलमा केपिलासगढी गाउँपालिका–४ बाक्सिलाई ५–१ गोलअन्तरले पराजित गर्दै रतन्छा फाइनलमा पुगेको हो । यस्तै निर्धारित समयमा बराबरी २–२ गोलको स्कोर निस्केपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मालाई ट्राइब्रेकरमा हराउँदै खावाले फाइनलको पक्का गरेको हो । 

खावाले यसअघिको खेलमा पनि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीलाई ट्राइब्रेकरमै हराउँदै अघि बढेको थियो । खोटाङसहित विभिन्न छिमेकी जिल्लाका २३ वडा सहभागी सेभेन ए साइड प्रथम च्यालेन्ज कप फुटबल प्रतियोगितामा बाक्सिला र सोल्माले सेमी फाइनलिष्टमै चित्त बुझाउनुपरेको छ । 

प्रतियोगिताका प्रथम टोलीले नगद रु एक लाख एक हजार १११ र दोस्रो टोलीले रु ५५ हजार १११ का साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउने प्रतियोगिताका संयोजक वीरेन गुरुङले जनाउनुभयो । प्रतियोगिताको सेमीफाइनलिस्ट दुई टोलीले जनही रु २० हजार १११ नगद पुरस्कार प्राप्त गर्ने संयोजक गुरुङले जानकारी दिनुभयो ।

प्रतियोगितामा उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षकलाई जनही रु दुई हजार १०० का साथमा ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । हाइस्कोररलाई रु तीन हजार १०० तथा सर्वोत्कृष्ट खेलाडीलाई नगद रु चार हजार १०० का साथमा ट्रफी र प्रमाणपत्र प्रदान गर्ने आयोजक नेर्पा स्पोर्टस क्लबले जनाएको छ । प्रतियोगिताको फाइनल खेल आज दिउँसो २ बजेपछि हुने आयोजकले जनाएको छ । प्रतियोगिताको अन्तिम दिन विविध मनोरञ्जनात्मक कार्यक्रमसहित फाइनल खेल सञ्चालन गर्ने आयोजकको तयारी छ । रासस