२३ जेष्ठ २०८३, शनिबार
,
Latest
राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सञ्चारमन्त्री शर्मासमक्ष ‘ब्याण्डविथ प्लेटफर्म’को सम्भावना अध्ययन प्रतिवेदन पेश



अ+ अ-

काठमाडौँ । नेपालमा ब्याण्डविथ प्लेटफर्म (अन्तर्राष्ट्रिय इन्टरनेट गेटवे) को सम्भावना अध्ययन गर्न गठित समितिले सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासमक्ष प्रतिवेदन पेस गरेको छ ।

आज प्रतिवेदन बुझ्दै मन्त्री शर्माले नेपालमा अन्तर्राष्ट्रिय ब्याण्डविथको व्यवस्थापन महत्वपूर्ण भए पनि यससम्बन्धी आवश्यक अध्ययन नभएकाले अध्ययन समिति गठन गरेको बताउनुुभयो । उहाँले समितिले दिएका सुुझाव कार्यान्वयन गर्न आफू तत्पर रहेको बताउनुभयो । “समितिले प्रतिवेदनमार्फत दिएका सुझावका आधारमा तत्काल गर्न सकिने कामका लागि प्रक्रिया अघि बढाउन र कानुन बनाएर कार्यान्वयन गर्नुपर्ने विषयमा सोहीअनुसार आवश्यक कार्य अगाडि बढाइने छ”, मन्त्री शर्माले भन्नुभयो ।

मन्त्री शर्माले विसं २०८० फागुन २३ गते दोस्रोपटक पदबहाली गरेपछि नेपालमा ब्याण्डविथ प्लेटफर्मको सम्भावना अध्ययन गर्न मन्त्रालयका सहसचिव गौरव गिरीको संयोजकत्वमा समिति गठन गर्नुभएको थियो ।

समितिले दूरसञ्चार ऐन, २०५३ र नियमावली, २०५४ बमोजिम एउटै व्यक्ति/संस्थाले नेटवर्क सेवाप्रदायक र इन्टरनेट सेवाप्रदायक दुवैको अनुमतिपत्र लिने गरेका कारण दुवैलाई फरकफरक बनाई प्रतिस्पर्धा गर्ने वातावरण बनाउन कठिनाइ रहेकालगायत सुझाव पेस गरेको छ । रासस