८ श्रावण २०८३, शुक्रबार
,
Latest
लाल सागरमा साउदी अरबका दुई तेल ट्याङ्करमाथि आक्रमण गरेको हुथी समूहको दाबी थाइल्याण्डमा सुरक्षा चेकपोइन्टमा आक्रमणः ५ सैनिकको मृत्यु, ६ सर्वसाधारण घाइते पाकिस्तानको बलुचिस्तानमा सुरक्षा कारबाहीः १० लडाकु मारिए, दुई महिला आत्मघाती आक्रमणकारी पक्राउ यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ऊर्जामन्त्रीसमक्ष विद्युत् नियमन आयोगका नवनियुक्त पदाधिकारीको शपथ चार दशकपछि अव्यवस्थित बसोबासीको हातमा लालपुर्जा अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त हाइड्रोजन सवारीसम्बन्धी नीति बनाउन सरकारद्वारा सुझाव आह्वान नागरिकका गुनासा सुन्दै गाउँटोलमा सांसद रानामगर ‘अनलाइन’ सट्टेबाजीका दुई लाख ‘एप’ बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनी प्रदेशमा रु एक अर्ब १२ करोड ६३ लाखभन्दा बढी बेरुजु



अ+ अ-

लुम्बिनी । लुम्बिनी प्रदेशमा रु एक अर्ब १२ करोड ६३ लाखभन्दा बढी बेरुजु रहेको पाइएको छ ।

प्रदेश प्रमुख अमिक शेरचनसमक्ष आज बुझाइएको महालेखापरीक्षकको छैटौँ वार्षिक प्रतिवेदन २०८१ अनुसार त्यस्तो पाइएको हो ।

महालेखापरीक्षक लुुम्बिनी प्रदेश कार्यालयका नायब महालेखापरीक्षक घनश्याम पराजुलीले प्रदेश प्रमुख शेरचनसमक्ष प्रतिवेदन पेस गर्नुभएको प्रतिवेदनमा यस वर्ष प्रदेश मन्त्रालय, समिति तथा अन्य संस्थासमेत गरी रु एक अर्ब १२ करोड ६३ लाख ४६ हजार बेरुजु कायम भएको उल्लेख छ । यस्तै, यहाँका एक सय नौ स्थानीय तहको रु ४ अर्ब ४८ करोड ९३ लाख १९ हजार बेरुजु बाकी रहेको देखिएको छ ।

प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख शेरचनले आर्थिक अनुशासन र पारदर्शिता सबैले पालना गर्नुपर्ने बताउनुभयो । उहाँले नियम कानुनको उल्लङ्घन गर्ने जोसुकै सजायको भागीदार बन्नुपर्नेमा समेत जोड दिनुभयो ।

यसैबीच लुम्बिनी प्रदेश मुस्लिम आयोगले आजै प्रदेश प्रमुखसमक्ष वार्षिक प्रतिवेदन पेस गरेको छ । रासस