२० असार २०८३, शनिबार
,
Latest
घरपझोङमा चक्रपथ निर्माण सम्पन्न, आवागमन सहज परिषद्द्वारा उत्कृष्ट सूचना प्रविधि उद्यमीलाई पुरस्कृत कर्णालीमा बेपत्ता गाडी र यात्रु खोज्न सशस्त्रको विपद् शिक्षालयबाट गोताखोर परिचालन ट्राफिक प्रहरीद्वारा एकै दिन २० लाख बढी राजस्व संकलन कोलम्बिया विश्वकपको अन्तिम १६ मा प्रवेश सरकारको १०० दिनः सुदृढ सुरक्षा सङ्गठन र मजबुत आन्तरिक सुरक्षा प्राथमिकतामा शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजनाः मस्यौदामाथि छलफल ‘कर्णाली प्रदेश खानेपानी तथा सरसफाइ विधेयक’माथि छलफल बागमती नदीमा डेब्रिज थुप्रिनु काठमाडौँ डुबानको मुख्य कारण वन उद्यममा जोडिँदै नवलपुरका महिला
तपाईं के खोज्दै हुनुहुन्छ ?

उल्टो हिंडेर नेविसंघले गर्यो संसद विघटनको विरोध



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)ले शुक्रबार उल्टो हिंडेर संसद विघटनको विरोध गरेको छ । नेविसंघका नेता तथा कार्यकर्ताहरु काठमाडौंको माइतीघर मण्डलादेखि बानेश्वर सम्म उल्टो हिंडेर प्रतिनिधि सभा विघटन गर्ने सरकारको कदमको विरोध गरेको हो ।

उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको विरुद्धमा नाराबाजी समेत गरेका छन् । नेविसंघका नेता–कार्यकर्ताले प्रधानमन्त्री ओलीले संविधान मिचेर उल्टो बाटोमा हिंडेको भन्दै उल्टो हिंडेर सांकेतिक रुपमा विरोध गरेका हुन ।

प्रदर्शनमा नेविसंघका केन्द्रीय अध्यक्ष राजीव ढुंगाना, उपाध्यक्ष तुलसा थपलिया, महामन्त्री उर्मिला थपलिया, वलदेव तिमिल्सिना, युवराज पाण्डे लगायतको उपस्थिति रहेको थियो ।