६ पुष २०८२, आईतवार
,
Latest
वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ? नोरा फतेहीको कार गम्भीर दुर्घटनामा पर्यो ओढारमा रात कटाउनुपर्ने अवस्थाको अन्त्य चिसोले गरिब बस्तीको जनजीवन कष्टकर तेस्रो टेस्टमा इङ्गल्याण्डलाई ८२ रनले पराजित गर्दै अष्ट्रेलियाले लगातार पाँचौं पटक एशेज उपाधि जित्यो भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय बाणिज्य बैंकको व्यवसाय प्रवद्र्धनको ब्रान्ड एम्बासडरमा मिस नेपाल वल्र्ड ‘नम्रता श्रेष्ठ’



अ+ अ-

काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकले व्यवसाय प्रवद्र्धनको लागि मिस नेपाल वल्र्ड–२०२० नम्रता श्रेष्ठलाई ब्रान्ड एम्बासडरमा नियुक्ती गरिएको छ । बैंकले शुक्रबार एक कार्यक्रम आयोजना गरी बैंकको व्यवसाय प्रवद्र्धनका लागि श्रेष्ठलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको हो । राष्ट्रिय वाणिज्य बैंक र दी हिडन ट्रेजर प्रा।लि।बीच भएको सम्झौतामा अनुसार श्रेष्ठ बैंकको ब्राण्ड एमबास्डरमा नियुक्त हुनुभएको हो ।

सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र दी हिडन ट्रेजर प्रा।लिको तर्फबाट अध्यक्ष दीवाकर राजकर्णिकारले हस्ताक्षर गर्नु भएको छ । सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले राष्ट्रिय वाणिज्य बैंकले प्रवाह गरिरेको आधुनिक बैंकिङ्ग सेवाको बारेमा ग्राहकहरुमा थप जानकारी दिई आफ्नो व्यवसायलाई प्रवद्र्धन गर्नको निमित्त बैंकले आफ्नो ब्रान्ड एम्बासडरमा मिस नेपाल वल्र्ड २०२० नम्रता श्रेष्ठलाई नियुक्ती गरिएको बताउनुभयो । 

कार्यक्रममा मिस नेपाल वल्र्ड २०२० नम्रता श्रेष्ठले आफु सरकारी स्वमात्विमा रहेको वाणिज्य बैंकको ब्रान्ड एम्बासडर हुन पाउदा अत्यन्त खुशी लागेको बताउनुभयो ।
कार्यक्रममा दी हिडन ट्रेजर प्रा।लिको तर्फबाट अध्यक्ष दीवाकर राजकर्णिकारले यस्तो सम्झौताले दुवै सस्थाको इमेज निर्माण भई देशको  पर्यटन तथा आर्थिक क्षेत्रको विकासमा सहयोग पुग्ने बताउनुभयो ।