१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकपमा आज नेपालले नेदरल्यान्ड्ससँग खेल्दै



अ+ अ-

काठमाडौँ । अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजित टी–२० विश्वकपमा नेपालले आज पहिलो खेल खेल्दैछ ।

नेपालले नेदरल्यान्ड्ससँग खेल्दै विश्वकपको सुरुवात गर्न लागेको हो ।

नेपाल र नेदरल्यान्ड्सबीचको खेल टेक्सासस्थित ग्रान्ड प्रेरी स्टेडियममा नेपाली समयानुसार राति ९ः१५ बजे सुरु हुनेछ । दुबै टोली जित निकाल्दै सुखद सुरुवात गर्न चाहन्छन् ।

समूह डी मा यी दुई टोलीसँगै दक्षिण अफ्रिका, श्रीलंका र बंगलादेश रहेका छन् । यसअघि हिजो भएको खेलमा श्रीलंकालाई ६ विकेटले हराउँदै अफ्रिकाले २ अंक जोडेको छ ।