२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्बपति रुपर्ट मर्डोकले ९३ वर्षको उमेरमा २६ वर्ष कान्छीसँग विवाह गरे



अ+ अ-

एजेन्सी । अमेरिकी अर्बपति रुपर्ट मर्डोकले ९३ वर्षको उमेरमा पाँचौं विवाह गरेका छन् । उनले रुसी मूलकी जीवविज्ञानी एलेना झुकोभालाई आफ्नो पाँचौं श्रीमती बनाएका छन् । जुकोभा रुपर्टभन्दा २६ वर्ष कान्छी छिन् ।

उनको उमेर ६७ वर्ष छ । उनीहरु दुवैले शनिबार क्यालिफोर्नियामा विवाह गरेका हुन् । दुवैले ३ महिनाअघि मात्रै इन्गेजमेन्टको घोषणा गरेका थिए । मर्डोकको कुल सम्पत्ति १९९० करोड अमेरिकी डलर छ ।

रुपर्ट मर्डोकले यसअघि २०१६ मा मोडल तथा अभिनेत्री जेरी हलसँग विवाह गरेका थिए । उनीहरु दुवैले ६ वर्षपछि २०२२ मा सम्बन्धविच्छेद गरेका थिए ।

रुपर्ट मर्डोकको पहिलो विवाह सन् १९५६ मा अस्ट्रेलियाली उडान परिचर प्याट्रिसिया बुकरसँग भएको थियो । ४ वर्षपछि सन् १९६० मा दुवैको सम्बन्धविच्छेद भयो । त्यसपछि मर्डोकले आफ्नी दोस्रो पत्नी अन्ना टोर्भसँग तीस वर्षभन्दा बढी समय बिताए ।

अन्ना एक चर्चित पत्रिकामा रिपोर्टर थिइन् । दुवैले सन् १९९९ मा सम्बन्धविच्छेद गरेका थिए । केहि महिना पछि, मर्डोकले वेन्डी डेंगसँग विवाह गरे, जुन २०१३ मा समाप्त भयो । चौथो पटक उनले सन् २०१६ मा मोडल जेरी हलसँग विवाह गरे । मर्डोकका विभिन्न विवाहबाट ६ सन्तान छन् ।