१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला साफ च्याम्पियनसिप नेपालमा हुने



अ+ अ-

काठमाडौँ । महिला साफ च्याम्पियनसिप–२०२४ नेपालमा हुने भएको छ ।

दक्षिण एसियाली फुटबलको प्रतियोगिता आयोजना कमिटीको सोमबार बसेको बैठकले प्रतियोगिता दशरथ रंगशालामा गर्ने निर्णय गरेको हो ।

प्रतियोगिताको सातौं संस्करण रहेको यस च्याम्पियनसिप अक्टोबर १७ देखि ३० सम्म आयोजना हुनेछ । प्रतियोगितमा दक्षिण एसियाका सबै सात देशको सहभागिता रहनेछ ।

प्रतियोगिताको छैटौं संस्करण पनि सन् २०२२ मा नेपालमै भएको थियो । सो प्रतियोगिताको फाइनलमा नेपाललाई हराउँदै बंगलादेशले उपाधि जितेको थियो ।