२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो
तपाईं के खोज्दै हुनुहुन्छ ?

१२ वर्षपछि टी–२० विश्वकपमा पहिलो सुपर ओभर



अ+ अ-

एजेन्सी । नामिबियाले टी–२० विश्वकप २०२४ को रोमाञ्चक खेलमा ओमानलाई पराजित गर्दै विजयी सुरुवात गरेको छ ।

यो खेलको नतिजाको छिनोफानो सुपर ओभरबाट भयो । सन् २०१२ पछि पहिलो पटक पुरुष टी–२० विश्वकपमा सुपर ओभर खेलिएको थियो ।

यसअघि टी–२० विश्वकपमा अन्तिम सुपर ओभर न्युजिल्यान्ड र वेस्ट इन्डिजबीच अक्टोबर १, २०१२ मा भएको थियो । यो खेल वेस्ट इन्डिजले जितेको थियो ।

बार्बाडोसको केन्सिङ्टन ओभलमा सोमबार भएको खेलमा नामिबियाले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । पहिले ब्याटिङ गरेको ओमान १९.४ ओभरमा १०९ रनमा अलआउट भयो । जवाफमा नामिबियाले पनि २० ओभरमा ६ विकेट गुमाएर १०९ रन बनायो र खेल सुपर ओभरमा पुगेको थियो । नामिबियालाई जितका लागि अन्तिम ओभरमा ५ रन चाहिएको थियो तर मेहरान खानले मात्र ४ रन दिए ।

नामिबियाका लागि डेभिड विसेले अलराउन्ड प्रदर्शन गरे । उनले पहिलो सुपर ओभरमा कप्तान जेराड इरासमससँग ६ बलमा २१ रन बनाए । विसेले मात्र १० रन दिएर एक विकेट लिए । उनी खेलको प्लेयर अफ द म्याच पनि घोषित भए ।




भर्खरै